फाइत तस्बिर काठमाडौं- चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनोट प्रतियोगता शुक्रबारदेखि हुने भएको छ।
पुरुष तर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
त्यसैगरी उक्त छनोट प्रतियोगितामा सहभागी हुन मापदण्ड पनि तोकिएको छ।
उक्त छनोट प्रतियोगितामा साफ गेम्स, एशियन गेम्स, विश्व कराते महासंघ (डबलुकेएफ) को प्रतियोगितामा सहभागी, एसियन कराते महासंघ (एकेएफ) को प्रतियोगितामा सहभागी खेलाडी, १३औं साग गेम्समा बन्द प्रशिक्षणमा रहेका खेलाडीका साथै राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित छैटौ, सातौ र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता, ४८औं गौतम बुद्ध राष्ट्रिय कराते प्रतियोगिता, राखेप च्याम्पियनसिप, राष्ट्रिय कराते प्रतियोगिता, कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता, गणेशमान सिंह फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिताहरुमा पदक बिजेता खेलाडीहरुले सहभागी हुन पाउने मापदण्ड तय गरिएको छ।
दुईदिने छनोटका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।