काठमाडौं– गायिका समिक्षा अधिकारी व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयसम्म उनी गायनबाट पनि टाढिएकी छिन्, सामाजिक सञ्जालमा पनि निस्क्रिय थिइन्।
दुई महिनासम्म सामाजिक सञ्जालमा निस्क्रिय रहेकी समीक्षाले बिहीबार एक स्टेटस राख्दै पुनः आगमन गरेकी छिन्। उनले सामाजिक सञ्जालमा प्रेमिल र भावुक स्टेटस राखेकी छन्।
उनी लेख्छिन्–
तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैंलाई दु:खमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु
समीक्षाको यो स्टेटससँगै दुई महिनाभन्दा लामो उनको मौनता तोडिएको छ।
गायिका अधिकारीले यसअघि आफ्नो एक गीत ‘ढाकाटोपी शिरैमा रिवन’ बोलको गीत सेयर गरेकी थिइन्। त्यसयता उनी सामाजिक सञ्जालबाट पनि टाढा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।