काठमाडौं–नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुने १९ औ एसियन गेम्सका लागि यही वैशाख १४ देखि १७ सम्म देशव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ।
बुधबार भएको प्रारम्भिक छनोटमा फ्लाइवेट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्गले नेपाल बक्सिङ क्लबकी दीवाना शेर्मालाई नक आउटका आधारमा पराजित गरिन्। त्यसैगरी सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपीएफकी निता गोसाई्रलाई अंकका आधारमा पराजित गरिन्। फ्लाइ वेट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीकी रिता धरलाले बागमती प्रदेशकी देनिका राईलाई अंकका आधारमा पराजित गरिन् भने सोही तौल समूहमा बागमती बाग्मती प्रदेशकी सुस्मा तामाङ्गले बागमती ए की अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन्।
त्यसैगरी महिला वैन्टम वेट समूहमा बागमती प्रदेशकी हेमा राईले बागमती प्रदेश ए की स्वस्तिकालाई स्प्लीट डिसिजनका आधारमा पराजित गरिन्।
पुरुषका खेलहरुमा ५२ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका रविन थापालाई क्रमश ३–२ र ५–० अंकका आधारमा जित हात पारे।
त्यसैगरी ५७ केजी तौल समूहमा नेपाल आर्मी बि का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ए का ईन्द्रबहादुर सुनारले वाक ओभरका आधारमा जिते भने ६३ केजी तौल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५–० अंकका आधारमा र सोही तौल समूहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४–१ अंकका को आधारमा जित हासिल गरे।
त्यसैगरी ७५ केजी तौल समूहमा बागमती प्रदेशका बिनिस राईलाई ललितपुरका साजन थिंङ तामाङले ३–२ अंकका आधारमा र लुम्बिनी प्रदेशका विकास राना मगरलाई बागमती प्रदेशका सनील शाहीले ५–० अंकका आधारमा पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।