काठमाडाैं-आसन्न १९ औं एसियन गेम्समा बास्केटबलअन्तर्गत नेपालले महिलाको थ्री बाई थ्री इभेन्टमा सहभागिता जनाउने भएको छ। नेपाल बास्केटबल संघका अनुसार महिला टिमको छनोटका लागि आइतबार र सोमबार प्रतियोगिता गराउन लागिएको छ।
संघका कार्यवाहक अध्यक्ष भीम सिंह गुरुङले बुधबार सूचना जारी गर्दै दशरथ रंगशालास्थित सेमी इन्डोर कभर्ड हलमा वैशाख १७ र १८ गते खेलाडी छनोट गरिने जानकारी गराएका छन्।
यसअघि इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा पनि नेपालले महिला थ्री बाई थ्रीमा सहभागिता जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।