काठमाडौं– आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबार हुने भएको छ।
नेपाल साइक्लिङ संघले मंगलबार सूचना जारी गर्दै एक दिने प्रारम्भिक छनोट प्रतियोगिता हुने जनाएको छ। छनोट प्रतियोगिताको काठमाडौंको जगडोल, गोकर्णमा हुनेछ।
संघका अनुसार छनोट प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरु, सागपछिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भइ पदक विजेता खेलाडीहरु, सागमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू, रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १०औं स्थानसम्म रहेका खेलाडीहरुले भाग लिन पाउनेछन्।
सम्पूर्ण छनोट राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अनुसार हुने संघले जनाएको छ।
छनोट प्रतियोगितामा क्रिस कन्ट्री तर्फ पुरुष इलिट र महिला तथा डाउन हिलतर्फ पनि पुरुष इलिट र महिला इलिट गरी कूल चार इभेन्ट समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।