काठमाडाैं-अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबा)ले विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
यही मे ६ देखि २१ तारिखमा टर्कीकाे इस्तानबुलमा हुने १२ औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले सहभागिता जनाउने छन्।
४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा १३ औं सागकी स्वर्ण तथा रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी ४ खेलाडीहरु भर्खरै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर स्वदेश फर्किएका हुन्। जसमध्ये पुनमले काँस्य पदक जितेकी थिइन्, जुन अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले १२ वर्षपछि जितेकाे पहिलो पदक हाे। १२ वर्ष पहिला हालका आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले काँँस्य पदक जितेका थिए।
विश्व महिला बक्सिङ च्याम्पियनसिपको अन्तिम तयारीस्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार प्रशिक्षक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन्। साे प्रतियोगितामा ८३ देशका ३९२ खेलाडीहरुले नाम दर्ता गराइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।