काठमाडौं–प्रदीप खड्का र प्रणव खनाल आठौं खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे। त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज महर्जनलाई ६–० र ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वार्टरफाइनलमा पुगे।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वार्टरफाइनल यात्रा तय गरे।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठ र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रामेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायस्थको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे। भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१ र ४–० ले सहजै पन्छाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।