काठमाडाैं-ललितपुरकाे सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे। मर्मतसम्भार, कोभिडलगायत कारणले पौडी पोखरी ४ वर्षपछि सर्वसाधारणका लागि खुल्न लागेको हो।
पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन्। १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ। साधारणतर्फ टिकट दर २ सय तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १ सय ५० रुपैयाँ तोकिएको छ।
पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन्। मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ। सदस्यसचिव घिसिङले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।