काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन्।
अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन्। लामा एन्फा केन्द्रीय सदस्य र महिला समिति संयोजक पनि हुन्। तीन उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन विजयी भएका छन्। श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरिन्। उपाध्यक्षकी अर्की प्रत्यासी रमा भट्टराईले ७ मत प्राप्त गरिन्।
७ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। जसमा निर्वतमान अध्यक्ष विन्द्रा देवा, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलुकु, सरस्वती श्रेष्ठ, लिला माया थापा, चन्द्र भण्डारी र विना श्रेष्ठ रहेका छन्।
असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फा सदस्य संस्थाहरुको निर्वाचन गरिएको थियो। ३ जिल्ला बाहेक सबै सदस्य सस्थाको निर्वाचन सम्पन्न भएको छ। स्थगित सुर्खेत, गोरखा र सिन्धुलीको भने निर्वाचन केही दिनमा तोकिने एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।