काठमाडौं– विक्रम सापकोटाको निर्देशनमा बनेको नेपाली फिल्म ‘हल्कारा’ अमेरिकामा भइरहेको फिल्म महोत्सव ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ। उत्कृष्ट विदेशी भाषाको फिल्म घोषणा हुँदै प्लाटिनम रेमी अवार्ड समेत हात पारेको छ।
गाउँमा खबर पुर्याउने पात्रको कथालाई लिएर निर्माण भएको यो फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा गरेको अभिनयका लागि उनी यही फिल्म महोत्सवमा उत्कृष्ट अभिनेताको विधामा पनि मनोनित भएका थिए। त्यस्तै, फिल्म खिचेका छायाँकार चिन्तन राजभण्डारीले महोत्सवमा सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि पाएका छन्।
फिल्म आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजले संयुक्त रुपमा निर्माण गरेका हुन्। विक्रम सापकोटाले लेखेको यो फिल्ममा अभिनेता त्रिपाठीसँगै बिनिता थापामगर मुख्य भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।