काठमाडौं– बलिउड अभिनेता प्रदीप रावत नीता ढुंगानाले बनाउन लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन्। अभिनेत्री तथा निर्मातासमेत रहेकी ढुंगानाको फिल्ममा रावत अनुबन्धित भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएकी हुन्।
ढुंगानाका अनुसार शुक्रबार फिल्म निर्माण कम्पनी ‘नीता फिल्म्स’ र अभिनेता रावतबीच सम्झौता भएको छ। अभिनेत्री ढुंगानाका अनुसार रावतले फिल्ममा मुख्य भूमिका निभाउने छन्।
रावत भारतीयसँगै तेलगु र तामिल फिल्मका चर्चित अभिनेता हुन्। उनले अभिनय गरेका लगान, गजनी, सरफरोसलगायतका फिल्महरु चर्चित छन्।
नीता ढुंगानाको निर्माणमा बन्न लागेको यो फिल्ममा उनीसँगै सलोन बस्नेत र हरिहर अधिकारी मुख्य भूमिकामा छन्। आगामी असारदेखि छायांकनमा जाने भनिएको फिल्मलाई बलिउडका चर्चित छायाँकर कविर लालले खिच्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।