काठमाडौं– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन्।
उच्च अदालत पाटनको आइतबारको आदेशपछि उनी धरौटमा रिहा भएका हुन्। उपाध्याय गत बिहीबार पक्राउ परेका थिए।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चन्द्रागिरीबाट पक्राउ गरेको थियो।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको अंगद खड्काको जाहेरीका आधारमा प्रक्राउ गरिएको थियो।
पक्राउ परेका उनलाई अदालत बुझाएकोमा उच्च अदालत पाटनले आइतबार १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।