काठमाडौं- रुसले युक्रेनको पूर्वी हिस्सामा घेराबन्दी सुरु गरेको छ। बीबीसीका अनुसार राजधानी कीएवसँग जोडिएको बाहिरी क्षेत्रमा सम्भावित युद्ध अपराधको प्रमाणहरु देखिएको छ।
मस्कोले अब युक्रेनको राजधानी किएवमाथि ध्यान दिनुको सट्टा पूर्वी हिस्सामा घेराबन्दील सुरु गरेको हो।
कडा प्रतिरोधकाबीच कयौं क्षेत्रमा यूक्रेनी सेनाले पुन नियन्त्रण कायम गरिरहेको छ।
रूसले बेलगोरोद शहरमा एक तेल डिपो माथि भएको आक्रमणका लागि युक्रेनलाई जिम्मेवार ठहर्याएको छ। तर युक्रेनले भने यस आरोपलाई अस्वीकार गर्दै यो रुसको योजना अनुसार भएको झुटो अप्रेसन हुनसक्ने बताएको छ।
रूबलमा भुक्तानी दिनु पर्ने विवाद जारी रहेपछि रूसले यूरोपीय देशमा गैस निर्यात नरोक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।