• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

ओलीले ११ महिनाअघि उद्घाटन गरेको धरहराको ठेक्कावधि अझै डेढ वर्ष थप्न माग

64x64
युवराज भट्टराई बुधबार, चैत १६, २०७८  २०:५२
1140x725

काठमाडौं– धरहरा उद्घाटन भएको ११ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि ठेकेदार कम्पनीले शहरी विकास मन्त्रालयसँग डेढ वर्ष ठेक्का अवधि थप्न माग गरेको छ। कोरोना महामारी र वरिपरिका संरचना भत्काउन भएको ढिलाइलाई कारण देखाएर ठेकेदार कम्पनी रमन कन्सट्रक्सनले ठेक्का समय लब्याउन माग गरेको हो।

कोरोनाको कारण देखाउँदै यसअघि पनि दुई पटक ठेक्का समयावधि लम्ब्याइएको थियो। उक्त समयावधि आगामी चैत ३० गते समाप्त हुँदैछ। त्यसअघि नै ठेक्का अवधि पुनः लम्ब्याउन ठेकेदार कम्पनीले शहरी विकास मन्त्रालयमा निवेदन दिएको छ।

सरकारले रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा धरहरा निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७५ कात्तिकबाट काम सुरु गरेको थियो। ठेक्का सम्झौतामा दुई वर्ष अर्थात् २०७७ कात्तिक मसान्तसम्ममा निर्माण सक्नुपर्ने उल्लेख थियो। तर, कोरोना महामारी र स्थानीय संरचनाहरूलाई हटाउन भएको विवादका कारण समयमै काम सम्पन्न नभएपछि पुनर्निर्माण प्राधिकरणले दुई पटक म्याद थप गरेको थियो। जसअनुसार २०७८ चैत ३० सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

अझै केही प्रतिशत काम बाँकी रहेकाले ठेक्का अवधि लम्ब्याउन माग गरिएको रमन कन्स्ट्रक्सनको धरहरा निर्माण प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले बताए। रमन कन्स्ट्रक्सनले शहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)मा म्याद थप्न निवेदन दिएको हो। ‘सञ्चय कोष र हुलाकको भवन भत्काउनेबारे विवाद थियो। हामीले भनेको एक महिनापछि मात्रै भत्काउने अनुमति पायौं। त्यो भत्काउँदा पनि समय लाग्यो,’ म्यानेजर नकर्मीले भने, ‘कोरोनादेखि पुराना संरचनाहरू भत्काउन भएको ढिलाइका कारण समयमा नै निर्माण सम्पन्न नभएकाले थप डेढ वर्ष समय मागेका छौं।’

सरकारले सहजीकरण नगरिदिँदा निर्माण सुरु गर्नसमेत ढिलाइ भएको उनको भनाइ छ। ठेक्का सम्झौतापछि सरकारलाई समयमा नै ‘साइट प्रोभिजन’ दिए पनि सरकारले समयमा नै काम थाल्ने वातावरण नबनाइदिएको उनले बताए। उनले भने, ‘पुरानो धरहरा व्यवस्थापनदेखि वरिपरिका संरचनाको स्थानान्तरणमा ढिलाइ हुँदा समग्र निर्माणमा समय अपुग भयो।’

ओलीले ११ महिनाअघि नै गरेका थिए उद्घाटन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै ११ महिनाअघि नै घरहरा उद्घाटन गरेका थिए। उनले गएको ११ वैशाखमा उद्घाटन गर्दा धरहराको निर्माण ६० प्रतिशत मात्र सकिएको थियो।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री ओलीले सोही वर्ष ‘मेरो धरहरा म बनाउँछु’ अभियान घोषणा गरेका थिए। २०७३ असार २९ गते मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। प्राधिकरणले धरहरा निर्माणको जिम्मा पाएपछि २०७५ पुस १२ गते शिलन्यास भएको थियो। ओलीले नै यसको शिलान्यास गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण सुरु भएको एक वर्षपछि नै कोरोना महामारी सुरु हुँदा काम प्रभावित भएको थियो। महामारीअघि ३५० कामदार निर्माणमा सहभागी थिए। महामारीको बेला २५ कामदार मात्र प्रयोग गरिएको थियो। महामारीले काम प्रभावित भएपछि प्राधिकरणले ठेक्का अवधि ६/६ महिना गरेर दुई पटक लम्ब्याएको थियो। 

४२ रोपनीमा निर्माण भइरहेको धरहरालाई गजुरसहित २२ तलाको बनाइएको छ। अहिले बनाइएको धरहरा करिब ७७ मिटर अग्लो छ। पहिलेको धरहराभन्दा करिब १० मिटर पूर्व (सहिदगेटतर्फ) सारिएको छ। नयाँ स्वरूपमा निर्माण भएको धरहराको छेउमा अत्याधुनिक तीन तले सवारी पार्किङ बनाइएको छ। भूकम्पले भत्काएर बचेको पुरानो धरहराको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा ‘टेक्पर्ड ग्लास’ फ्रेममा राखिएको छ।

सात महिनासम्म समय थप हुनसक्ने
निर्माण कम्पनीले काम सक्न थप डेढ वर्ष मागेको भए पनि मन्त्रालयले भने सात महिनासम्म मात्र समय थप गर्न सक्ने जनाएको छ। गत पुसदेखि धरहरा निर्माणको आयोजना पुनर्निर्माण प्राधिकरणबाट स्थानान्तरण भई शहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)तर्फ आएको छ। 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीले समय थप्नका लागि निर्माण कम्पनीबाट निवेदन आएको बताए। उनले भने, ‘निर्माण कम्पनीले वरिपरिका संरचना भत्काउन भएको ढिलाइ र कोभिडको कारण उल्लेख गर्दै थप समय माग गरेर निवेदन दिएको छ। कति समय दिन सकिन्छ वा समय थप्न सकिँदैन भन्ने निर्णय भने भइसकेको छैन।’

अधिकारीका अनुसार ठेकेदार कम्पनीका लागि बढीमा सात महिना मात्र ठेक्का समय थप हुन सक्छ। ठेकेदार कम्पनीबाट प्राप्त निवेदन अध्ययनपछि यसबारे निर्णय हुने उनले बताए। ‘हुलाक र सञ्चय कोषको भवन भत्काउने विषयमा कार्यादेश दिइएको कति समयपछि काम सुरु भयो भन्ने विषयमा अनुसन्धानमार्फत म्याद थप गर्ने वा नगर्ने निधो हुनेछ,’ उनले भने, ‘काम गर्न नपाएको समयावधि हेरेर त्यो वास्तविक कारण हो भने म्याद थप हुनेछ।’

निर्माण क्षेत्र उपलब्ध हुँदाहुँदै काम नगरेर धरहरा निर्माणमा ढिलाइ भएको देखिएमा त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए।

यो पनि पढ्नुहोस्

गाउँगाउँमा ‘भ्यू टावर’ : एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पतालमंगलबार, चैत १५, २०७८

 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्