• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गाउँगाउँमा ‘भ्यू टावर’ : एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पताल

64x64
युवराज भट्टराई मंगलबार, चैत १५, २०७८  २०:३७
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधारभूत अस्पताल इकाईका अनुसार दुई वर्षअघि देशका ६४९ स्थानीय तहमा आधारभूत अस्पताल समेत उपलब्ध थिएन। संघीय सरकार र स्थानीय सरकारको समन्वयमार्फत गत आर्थिक वर्षमा ३९६ स्थानीय तहमा अस्पताल निर्माणको कामलाई अघि बढाइको थियो। तर, सो वर्ष २७८ स्थानीय तहमा मात्रै अस्पताल निर्माण भयो। चालु आर्थिक वर्षमा २५९ स्थानीय तहमा अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको थियो। तर, यीमध्ये ६६ वटामा मात्रै काम भइरहेको छ।

देशमा हाल ३११ स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता छ। मन्त्रालयको आधारभूत अस्पताल इकाईका अधिकृत विनोद अर्यालका अनुसार नेपालमा एउटा आधारभूत अस्पताल निर्माणका लागि ७ करोड ११ लाख ९७ हजार ९८० रुपैयाँ लाग्छ। देशभर अस्पताल निर्माण नभएका स्थानीय तहमा २२ अर्ब १४ करोड २५ लाख ७१ हजार ८ सय रुपैयाँ आवश्यक पर्छ।

अझैपनि देशका ३११ स्थानीय तहमा आधारभूत उपचारका लागि आवश्यक अस्पतालको पहुँच छैन। संवैधानिक रुपमा पाउनुपर्ने अधिकारबाट वञ्चित नागरिकहरु भएको देशका हरेक कुनामा भने भ्यू टावरको निर्माण भइरहेको छ।

देशभर हाल कति ठाउँमा भ्यू टावर निर्माण भएका छन् भन्ने यकिन तथ्यांक केन्द्रसँग छैन। प्रदेश सरकारदेखि स्थानीय सरकारसम्मले भ्यू टावरको निर्माण गरिरहँदा कुन ठाउँमा भ्यू टावरको निर्माण भइसकेको छ र कति ठाउँमा बनिरहेका छन् भन्ने यकिन तथ्यांक छैन।

तर, भ्यू टावर निर्माणमा भइरहेको खर्चले देशमा आवश्यक रहेका अस्पतालको निर्माण भने सजिलै हुने तथ्यांकमा देखिन्छ। बागमती प्रदेशमा २०७५/०७६ मा मात्रै भ्यू टावर निर्माणका लागि विनियोजन गरिएको बजेटले २० स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्न सम्भव छ। प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा ५ बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे। 

संघीयतामा देश, गाउँ गाउँमा भ्यू टावर
देश संघीय प्रणालीमा गएसँगै केन्द्र सरकारले लिएको नारा थियो, ‘गाउँ गाउँमा सिंहदरबार।’ तर, उक्त नाराभन्दा धेरै ‘गाउँ गाउँमा भ्यू टावर’ भन्ने नारा स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मै लागू भएको देखिन्छ।

सोमबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा ‘जनयुद्धको स्मृति’मा निर्माण भएको भ्यू टावरको उद्घाटन गरे। ६ करोड रुपैयाँको लागतमा तयार भएको उक्त टावरलाई रोल्पा नगरपालिकाले निर्माण गरेको हो।

प्रचण्डले रोल्पामा भ्यू टावरको उद्घाटन गरेको भोलिपल्टै मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा बनाइएको भ्यू टावरको उद्घाटन गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरको बनबाटिकामा निर्माण भएको भ्यू टावर ११ करोडमा निर्माण भएको हो। २०७४ चैतमा शिलान्यास भएको उक्त भ्यू टावर एक सय ३४ फिटको उचाईमा अवस्थित छ भने १० तलाको रहेको छ।

Ncell 2
Ncell 2

संघीय सरकारको स्थापना भएयता देशभर नै भ्यू टावर बनाउने लर्को चलेको छ। प्रचण्डले सोमबार र ओलीले मंगलबार उद्घाटन गरेका भ्यू टावर यसैका परिणाम हुन्। देश संघीय प्रणालीमा गएसँगै हरेक वर्ष प्रदेशदेखि स्थानीय तहका गाउँपालिका/नगरपालिकाले पनि भ्यू टावर निर्माण गरिरहेका छन्।

देशभर हाल कति भ्यू टावर निर्माण भएका छन् र कति बन्ने क्रममा छन् भन्ने यकिन तथ्यांक न केन्द्र सरकारसँग छ न प्रदेश सरकारसँग नै। प्रदेश सरकारको मताहतबाट निर्माणको घोषणा भएका भ्यू टावरको तथ्यांक प्रदेश सरकारले राखेको छ। तर, केन्द्र सरकारसँग देशका विभिन्न ठाउँमा बनिरहेका र बन्ने क्रममा रहेका भ्यू टावरको यकिन तथ्यांक छैन।

मन्त्रालयसँग जानकारी नभएपनि प्रदेश र स्थानीय सरकारको मताहतबाट हरेक वर्ष ठाउँ ठाउँमा भ्यू टावरको निर्माण भइरहेको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा सार्वजकि गरेको योजना तथा कार्यक्रम विवरणमा सोही वर्ष कार्यन्वयन हुने गरि विभिन्न ठाउँमा भ्यू टावर निर्माणको कार्यक्रमलाई अघि सारेको थियो। 

‘एक हिलस्टेशन एक भ्यू टावर’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले काठमाडौं बाहेकका १० जिल्लाहरुमा एक/एक भ्यू टावर निर्माण गर्ने कार्यक्रम अघि सारेको थियो। उक्त कार्यक्रमलाई कार्यन्वयन गर्नका लागि ५० करोड बजेट विनियोजन गरिएको थियो।

बागमती प्रदेशकै कार्यक्रमअन्तर्गत सोही वर्ष सिन्धुलीस्थित सिद्धबाबा चुचुरोमा ‘ऐतिहासिक सिद्धबाबा चुचुरोमा भ्यू टावर निर्माण’ गर्ने घोषणा गरिएको थियो। उक्त भ्यू टावर निर्माणका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको थियो।

धादिङको तोलाङमा प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि ५ करोड बजेट विनियोजन गरेको थियो। त्यस्तै, मकवानपुर जिल्लाको नुवाकोटस्थित चिम्टेश्वरमा बन बगैंचा पार्क र भ्यू टावर निर्माण गर्न १३ करोड २८ लाख, काठमाडौंको नागार्जुन–३ मा भ्यू टावरका लागि ६ करोड, सिन्धुपाल्चोकको फुलचोकी गोदावरीमा भ्यू टावरका लागि ६ करोड, सिन्धुपाल्चोककै बरण्डाभार संरक्षित रामसार क्षेत्रमा भ्यू टावर निर्माणका लागि ७ करोड, पाइलटबाबा क्षेत्रमा भ्यू टावर निर्माणका लागि १० करोड, काभ्रेको भूमीचुली (रोशी)मा भ्यू टावर निर्माणका लागि ६ करोड, रामेछापको शिवालयमा भ्यू टावर निर्माणका लागि ६ करोड, काभ्रेको चौरीदेउराली–५ कालीथुम्को भ्यू टावर निर्माणका लागि ५ करोड, काभ्रेको तेमाल गाउँपालिकामा भ्यू टावर तथा तामाङ संग्रहालय गुम्बा निर्माणका लागि ५ करोड, नुवाकोटको विदुर नगरपालिकास्थित संगमचोकमा घण्टाघर र भ्यू टावर निर्माणका लागि ५ करोड, धादिङको ज्वालामुखी गाउँपालिकामा ऐतिहासिक मैलदीकोट भ्यू टावर निर्माणका लागि ५ करोड, काठमाडौंमा भ्यू टावर निर्माणका लागि ६ करोड बजेट विनियोजन गरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै बागमती प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि कूल १४५ करोड २८ लाख बजेट विनियोजन गरिएको थियो। 

त्यस्तै, सोही वर्ष कल्चेडी–चमेरेगुफा–तारेपहरो–खड्काछाप हुँदै झिल्केश्वर पदमार्ग तथा भ्यू टावर निर्माणका लागि पनि डीपीआर तयार गर्ने कार्यक्रम अघि सारिएको थियो। चिलेन थुम्कोमा भ्यू टावर निर्माण गर्न र किस्पाङ गाउँपालिकाको कोल्चेतदेखि फिकुरीलेक महादेवस्थानमा भ्यू टावरसहितको पर्यटकीय पदमार्ग स्थापनाका लागि पनि डीपीआर तयार गर्न अध्ययन गर्ने कार्यक्रम सोही वर्ष अघि सारिएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा पनि प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि उत्तिकै महत्त्वका साथ बजेट विनियोजन गरिरहेको छ। पूरा नभएका पुराना भ्यू टावर निर्माणका आयोजनामा थप बजेट विनियोजनसँगै अन्य ठाउँमा पनि भ्यू टावर निर्माण गर्ने योजनालाई प्रदेश सरकारले अघि सारेको छ। चितवनमा १ करोड लागतमा भ्यू टावर निर्माण गरिने आयोजनालाई सो आर्थिक वर्षमा अघि सारिएको छ। 

काठमाडौंको बूढानीलकण्ठ–२, कोतको थुम्कोमा रहेको शिव मन्दिर परिसरमा शिवको मुर्तीका स्थापना र भ्यू  टावर निर्माणका लागि ५ करोड १० लाख विनियोजन गरिएको छ। त्यस्तै, २ करोड ५० लाखको लागतमा भक्तपुरमा भ्यू टावर निर्माण गरिने योजनालाई पनि थपिएको छ।

भ्यू टावर निर्माणमा स्थानीय र संघीय सरकारबीच प्रतिस्पर्धा
संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय सरकारसम्म भ्यू  टावर निर्माणको काममा प्रतिस्पर्धा गरिरहेका देखिन्छन्। 

संघीय सरकारले झापाको दमक नगरपालिका–३ मा बहुवर्षीय आयोजनाको रुपमा भ्यू टावर निर्माणको काम सुरु गरेको थियो। १ अर्ब ५६ लाख रुपैयाँ बजेट विनियोजन गरि काम सुरु गरिएको उक्त आयोजना २०७५ असार २३ मा सुरु भएको थियो। हाल उक्त आयोजनाको लागत बढेर २ अर्ब ७५ करोड पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–२ मा ३ करोड ९ लाख ३७ हजार ९६६ रुपैयाँ लागतमा संघीय सरकारले भ्यू टावर निर्माण गरेको छ। रोल्पा नगरपालिका–३ मा सोमबार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको भ्यू टावरमा पनि संघीय सरकार र नगरपालिकाको अन्तरिक आय समेटिएको थियो। उक्त आयोजना निर्माणका लागि अनुमानित लागत ६ करोड ३५ लाख ४२ हजार ७६५ रुपैयाँ रहेको थियो।

स्थानीय सरकारले पनि भ्यू  टावर निर्माणका लागि कुनै कसर बाँकी राखेका छैनन्। प्रदेश १ सरकारले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ मा भ्यू टावर निर्माणको काम गरिरहेको छ। २०७६/७७ मा योजनाकै क्रममा रहँदा उक्त निर्माण कार्यका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो। त्यस्तै, पाँचथरको देम्बाडाँडामा निर्माणाधीन रहेको भ्यू  टावरका लागि २०७६/७७ मा ५० लाख रकम विनियोजन गरिएको थियो। 

पाँचथरकै फिदिममा पनि भ्यू टावर निर्माणाधी छ। ओलखढुंगाको चम्पादेवी गाउँपालिका–५ मा २०७६/०७७ मै १ करोड बजेट विनियोजन गरेर भ्यू टावर निर्माणको काम सुरु गरिएको छ। प्रदेश १ अन्तर्गतका झापाको बुद्धशान्ति, पाँचथरको मिक्लाजुङ, इलामको माङ्सेबुङ–६ र सुनसरीको चिण्डेडाँडामा पनि भ्यू  टावर निर्माणका लागि २०७५/७६ मा १ करोड बजेट विनियोजन गरिएको थियो। त्यसयता हरेक वर्ष प्रदेश १ सरकारले आफ्नो बजेट वितरण कार्यक्रममा भ्यू टावर निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ।

प्रदेश १ कै मोरङको केराबारी गाउँपालिकामा ७२ लाख रुपैयाँमा भ्यू टावर निर्माणको काम भइरहेको छ। त्यस्तै, धनकुटामा हाल दर्जनभन्दा धेरै भ्यू टावर निर्माण भइरहेका छन्। प्रदेश १ को साँगुरीगढी नगरपालिकाको ध्वजेडाँडा, भेडेटार र ओख्रे, चौबिसे गाउँपालिका, धनकुटा नगरपालिकाको चुलिवन र हिले, सहिदभूमि गाउँपालिकाको पातले डाँडालगायतमा पनि भ्यू  टावर निर्माणको काम भइरहेको छ। त्यस्तै, तेह्रथुमको छथर, म्याङलुङ, तीनजुरे र आठराईमा पनि भ्यू टावर निर्माणाधीन छन्। प्रदेश १ को बसन्तपुरमा पनि भ्यू टावर निर्माण भइसकेको छ। 

प्रदेश १ अन्तर्गत २०७५/०७६ मा भ्यू टावर निर्माणका लागि उदयपुरको त्रियुगा नगरपालिका १६१ करोड ५० लाख, धनकुटाको पाख्रीवासको गजेधुम्का डाँडामा १ करोड, भोजपुरको गोरुकाटे डाँडामा ३ करोड, इलामको तीनथुम्कीमा ५ करोड, ओखलढुंगाको मालिङ्गेमा ५ करोड, उदयपुरको रोतामाई र लिमचुङवुङ गाउँपालिकामा ३ करोड, फिदिमको बुढीथाममा २ करोड, माझ खर्कमा ५० लाख, लेटाङमा १ करोड र भोजपुरको हतुवागढी घोडेटार संखामचुलीमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। भोजपुरकै टेम्केडाँडामा २०८२ मा सम्पन्न गर्ने गरि २०७७ मा भ्यू टावर निर्माणको काम सुरु भएको छ। उक्त भ्यू टावर निर्माणका लागि १३ करोड ६२ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित बुढीगंगा नगरपालिका–४ मा क्रमागत बजेटमा निर्माण हुने गरि भ्यू टावरको निर्माणको काम गरिरहेको छ। उक्त टावरको निर्माणका लागि हालसम्म ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा ८५ लाखको खर्चमा भ्यू टावरको निर्माण सम्पन्न भएको छ। प्रदेश सरकार, नगरपालिका र जनश्रमदानमार्फत उक्त आयोजना सम्पन्न भएको हो।

कर्णाली प्रदेशअन्तर्गतको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश सरकार र स्थानीय सरकार भ्यू टावर बनाउनमा होडबाजी गरिरहेका छन्। कर्णाली प्रदेश सरकारको आयोजनाको रुपमा सुर्खेतको वीरेन्द्रनगर–१४ मा २० लाख लागतमा भ्यू  टावर निर्माणको काम भइरहेको छ। वीरेन्द्रनगर नगरपालिकाको आयोजनाको रुपमा वीरेन्द्रनगरकै ९ नम्बर वडामा १ करोड ५३ लाखमा भ्यू टावरको निर्माणको काम भइरहेको छ।

गाउँपालिकामा जताततै भ्यू टावर
गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकामा एउटै वडाभित्र ५ वटा भ्यू  टावर रहेका छन्। ३ नम्बर वडा र ५ नम्बर वडामा भ्यू टावर निर्माण भइसकेका छन्। घिरिङ गाउँपालिका– ३ मा १९ लाख ९८ हजारमा भ्यू टावर निर्माण भएको छ। त्यस्तै, घिरिङकै वडा–५ को चन्द्राकोटमा १५ लाख ५ हजार ८६ मा भ्यू टावर निर्माण भएको छ। हाल पनि गाउँपालिकामा तीन वटा भ्यू टावर निर्माणाधीन छन्।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाका अनुसार गाउँपालिकाको वडा नम्बर २ मा एउटा, ४ मा एउटा र ५ मा एउटा भ्यू टावर निर्माणाधीन छ। गाउँपालिकाभित्र एउटै वडा (वडा नम्बर ५)मा दुई वटा भ्यू टावर रहेका छन्। 

गण्डकीको दमौली (ब्यास नगरपालिका)को मानहुँकोटमा ३५ लाख ५१ हजार १७६ रुपैयाँ लागतमा भ्यू टावर निर्माण भएको छ। तनहुँकै ऋषिङ गाउँपालिकामा पनि १० लाखको लागतमा भ्यू  टारको निर्माण भएको छ।

तनहुँकै भिमाद नगरपालिका–८ मा रुङरुङस्थित पिपलडाँडामा २०७४/०५ तथा ०७५/०७६ मा गरि भ्यू टावर निर्माणका लागि ११ लाख रुपैयाँ छुट्याइएको थियो। उक्त आयोजना ०७५/०७६ मा सम्पन्न भएको छ। भिमाद नगरपालिका–९ स्थित पाइमीडाँडामा पनि भ्यू टावरको निर्माणका लागि ६ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ।

भ्यू टावर योजनाविहीन विकासको विद्रुप रुप : पूर्वाधारविज्ञ सूर्यराज आचार्य
देश संघीय शासन प्रणालीमा गएसँगै स्थानीय निकायहरुमा प्रशस्त बजेट गएको छ। बजेट गएपछि भौतिक पूर्वाधारको विषयमा जनप्रतिनिधिदेखि कर्मचारी तहसम्मै बजेट केमा खर्च गर्ने भन्ने विषयमा जानकार छैनन्। बजेट केमा खर्च गर्नेदेखि विकास केलाई भन्ने विषयमा जनप्रतिनिधिलाई जानकारी नभएको पूर्वाधारविज्ञ सूर्यराज आचार्य बताउँछन्।

‘केन्द्रदेखि तलसम्म नै भौतिक विकासको स्वरुप के हो भन्ने सोच नै बनेको थिएन,’ उनी भन्छन्, ‘केही ठाउँमा भएका बाटाघाटा पिच गर्ने काम मात्रै भयो। तर, भ्यू टावर झट्ट हेर्दा देखिने, आर्थिक वर्षभित्र बजेट खर्च पनि हुने, अध्ययन गर्नु नपर्ने र टाउने दुखाउनु नपर्ने भएकाले यो विकासको योजनामा पर्दै गएको हो। भ्यू टावर भनेको आधुनिकता जस्तो देखिने भएकाले पनि हरेक ठाउँमा यसलाई निर्माण गर्ने चलन चलेको छ।’

तर, भ्यू टावरले विकासको चित्रण नभएर केन्द्रदेखि स्थनीय तहसम्म नै विकासको सोच नभएको विद्रुप रुप प्रकट भएको आचार्य बताउँछन्। केन्द्रबाटै हुने भौतिक पूर्वाधार वा विकासका कुराहरु योजनाबिना चल्ने गरेकै चलनको परिणामको रुपमा भ्यू टावर पनि आएको बताउँछन्। उनी भन्छन्, ‘योजना, गृहकार्य र सोचमा स्पष्टता भएमा मात्रै यी पूर्वाधारको औचित्य के हो र हाम्रो जीवनमा कहाँ जोडिन्छन् भन्ने थाहा हुन्छ। तर, योजनाको तहमा नै काम नभएपछि संघीय तहदेखि स्थानीय तहसम्म भ्यू टावरजस्ता अनावश्यक पूर्वाधार निर्माणको काम चलिरहेको छ।’

आचार्य भ्यू टावर बजेट खर्च गर्ने सहज माध्यम मात्रै बनेको बताउँछन्। देशका हरेक क्षेत्रमा निर्माण भइरहेका भ्यू टावरले भौतिक विकासमा देशको वास्तविक संस्कार र सोचलाई चित्रण गर्ने बताउँछन्। उनी भन्छन्, ‘योजनाबद्ध विकास भएको छैन। भ्यू टावर पनि यही हो। योजनाबिनाको विकासकै परिणामको रुपमा भ्यू टावर पनि थप विद्रुप रुपमा प्रकट भएको हो।’

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताएअनुसार, नेपाल प्रहरीले निर्वाचन सुरक्षा योजना कार्यान्वयनको क्रममा म्यादी प्र... शुक्रबार, मंसिर १२, २०८२
जंग्गी अड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन- चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस् नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जान... शुक्रबार, मंसिर १२, २०८२
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि रु १० दश हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५०० लिनु गम्भ... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
प्रचण्डले भने-  बिना आर्थिक व्यवस्थापन आज जनताको उपस्थिति न्यून हुने हो कि भन्ने चिन्ता थियो शुक्रबार, मंसिर १२, २०८२
भीम रावलको दाबी : ‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’ शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्