काठमाडौं– सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगा–धुलिखेल खण्डको निर्माणले पछिल्लो समय गति लिएको छ।
आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
उनका अनुसार बनेपा बजार क्षेत्रमा पर्खाल, नाली तथा ढल निर्माणको काम पनि अघि बढिरहेको छ। सडकका विभिन्न स्थानमा मिडियन निर्माण तथा सर्भिस लेनमा बेस निर्माण गर्ने कामसमेत भइरहेको छ।
आयोजनालाई प्राथमिकतामा राखेर मन्त्रालयले निर्माण कार्यमा आवश्यक सहजीकरण गर्नुका साथै नियमित अनुगमन तथा निरीक्षण गरिरहेको मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत बताएका छन्।
साँगा–धुलिखेल सडकखण्डको निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यका र काभ्रेको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।