• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब 
64x64
वीरेन्द्र ओली सोमबार, फागुन ९, २०७८  २१:४५
1140x725

काठमाडौं– सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)माथि आफ्नै पार्टीभित्र र बाहिरबाट समेत सरकार छोड्न दबाब बढेको छ। आइतबार प्रतिनिधि सभामा टेबल भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताले सत्ता गठबन्धनका दुई प्रमुख घटकमाथि यस्तो दबाब बढाएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा एमसीसी सम्झौता टेबल गर्न सहमति गर्ने, तर फेरि विरोधका लािग नेता–कार्यकर्ता सडकमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै भइरहेको आलोचनाबीच सरकारबाट बाहिरिनेसम्मको दबाब देखापरेको छ। 

एमसीसीका विषयमा प्रचण्ड र नेपालले द्वैधचरित्र देखाएको भन्दै पार्टी पंक्तिमा मात्र होइन, बाहिर समेत आलोचना भइरहेको छ। माओवादीका एक नेताका अनुसार प्रचण्डले भने ‘स्थिति परिपक्व भइनसकेकाले केही दिन पर्खन’ भन्दै नेता–कार्यकर्तालाई थामथुम पार्ने प्रयत्न गरेका छन्। एमसीसीलाई लिएर आलोचना भएपनि सबै घटनाक्रमलाई मूल्यांकन गरेर कदम चाल्नुपर्ने भएकाले केही दिन धैर्य गर्न प्रचण्डले आग्रह गरेको ती नेताले बताए।

तर, माओवादीका एक सांसदले एमसीसी टेबल भइसकेपछि पास हुने सम्भावना बलियो भएकाले सरकारमा बस्न नैतिकताले नमिल्ने जिकिर गरे। ‘पार्टीको संसदीय दलको बैठकले एमसीसी टेबल नै गर्न हुँदैन भनेर निर्णय गर्‍यो। अध्यक्ष कमरेडले बालुवाटारमा गएर एमसीसी टेबल गर्न सहमति जनाउनुभयो’, ती सांसदले भने, ‘एमसीसी सम्झौता टेबल भइसकेपछि सजिलै पारित हुने सम्भावना छ। यस्तो अवस्थामा सत्ता साझेदर दल कुन नैतिकताले विपक्षमा मत हालेर सरकार बस्ने? हामी फागुन १२ अघि नै सरकारबाट बाहिरिँदा राम्रो हुन्छ।’

एमसीसी सम्झौता टेबल भएपछि आइतबार बेलुकी प्रचण्ड र नेपाल दुवैले सार्वजनिक धारणा राख्दै एमसीसी संसद्‌मा बलजफ्ती प्रवेश गराइएको र आफूहरु यसको विपक्षमा उभिने उल्लेख गरेका थिए। त्यसपछि उनीहरुको आलोचना थप चुलिएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती एमसीसी टेबल गरेको भन्दै त्यसलाई पारित गराउन बल गरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

‘एमसीसी बलजफ्ती संसद्‌मा पेस गरियो।  एमसीसी टेबल गर्नु लोकतान्त्रिक मान्यताविरुद्ध छ। संसद् अवरोधको मान्यताको विरुद्धमा छ’, उनले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन्, ‘हामी एमसीसी असफल पार्न सम्पूर्ण प्रयत्न गर्छौं। सरकारले बलजफ्ती गरेमा हामी सरकारमा बसिरहन सक्ने स्थिति रहँदैन। सरकार छाड्छौ।’ 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरूङले आफ्नो पार्टी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने बताउँछन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरूङले सरकारबाट बाहिरिन कुनै समय नलाग्ने बताएका हुन्।

‘सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने, ‘कुन दिन हट्ने भन्ने कुरा हो। यसका विषयमा छिट्टै निर्णय गर्छ।’ बाहिर एउटा र भित्र अर्को भन्ने दोहोरो चरित्र पार्टीको नहुने भन्दै उनले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय भइसकेकाले चाँडै नै यसको कार्यान्वयन गरिने बताए।

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भने एमसीसीको विपक्षमा उभिएपनि सरकारमै रहने बताए। ‘संसद्‌मा कुनै पनि सांसद स्वतन्त्र हुन्छ। उसलाई दलको ह्वीप लाग्दैन। पार्टी नेतृत्वले जे बोल्यो त्यही बाोलिदिनु पर्ने भन्ने हुँदैन’, चौधरीले भने, ‘सरकार बन्दा एमसीसीमा प्रवेश गरेकै थिएन। गठबन्धन बन्दा एमसीसी मेजर विषय नै थिएन। गठबन्धन एउटा उद्देश्यप्राप्तिका लागि गरेका थियौं। एमसीसी पास होस् वा फेल होस्, गठबन्धनमा कुनै असर पर्दैन, सरकारमै बस्छौं।’ 

त्यसैपनि एमसीसी पास हुने सम्भावना नभएकाले गठबन्धन टुट्ने अवस्था नरहेको चौधरीको जिकिर छ। 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्माको नेतृत्वमा ५ मन्त्री र एक राज्यमन्त्री छन्। जसमा जनार्दन शर्मा अर्थमन्त्री, पम्फा भुसाल उर्जामन्त्री, देवेन्द्र पौडेल शिक्षामन्त्री, शशि श्रेष्ठ भूमि व्यवस्थामन्त्री, महेश्वरजंग गहतराज खेदकुदमन्त्री छन्। शिक्षा राज्यमन्त्रीमा बोधमायाकुमारी यादव छिन्। 

यस्तै, एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। जसमा विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाक्री सहरी विकासमन्त्री, प्रेम आले पर्यटनमन्त्री र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्। 

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि सरकारबाहिरै छ। गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीमा पनि एमसीसीलाई लिएर तीब्र विवाद छ। अहिलेसम्म एमसीसीबारे साझा धारणा बनाउन नसकेको जसपाले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
शिक्षा विधेयकबारे वार्ता गर्न सानेपा पुगे शिक्षामन्त्री,देउवासँग वार्ता सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्। सोमबार, असार १६, २०८२
सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो एक बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट सुरु भएको हो। सोमबार, असार १६, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह म... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्