• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब 

64x64
वीरेन्द्र ओली सोमबार, फागुन ९, २०७८  २१:४५
1140x725

काठमाडौं– सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)माथि आफ्नै पार्टीभित्र र बाहिरबाट समेत सरकार छोड्न दबाब बढेको छ। आइतबार प्रतिनिधि सभामा टेबल भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताले सत्ता गठबन्धनका दुई प्रमुख घटकमाथि यस्तो दबाब बढाएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा एमसीसी सम्झौता टेबल गर्न सहमति गर्ने, तर फेरि विरोधका लािग नेता–कार्यकर्ता सडकमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै भइरहेको आलोचनाबीच सरकारबाट बाहिरिनेसम्मको दबाब देखापरेको छ। 

एमसीसीका विषयमा प्रचण्ड र नेपालले द्वैधचरित्र देखाएको भन्दै पार्टी पंक्तिमा मात्र होइन, बाहिर समेत आलोचना भइरहेको छ। माओवादीका एक नेताका अनुसार प्रचण्डले भने ‘स्थिति परिपक्व भइनसकेकाले केही दिन पर्खन’ भन्दै नेता–कार्यकर्तालाई थामथुम पार्ने प्रयत्न गरेका छन्। एमसीसीलाई लिएर आलोचना भएपनि सबै घटनाक्रमलाई मूल्यांकन गरेर कदम चाल्नुपर्ने भएकाले केही दिन धैर्य गर्न प्रचण्डले आग्रह गरेको ती नेताले बताए।

तर, माओवादीका एक सांसदले एमसीसी टेबल भइसकेपछि पास हुने सम्भावना बलियो भएकाले सरकारमा बस्न नैतिकताले नमिल्ने जिकिर गरे। ‘पार्टीको संसदीय दलको बैठकले एमसीसी टेबल नै गर्न हुँदैन भनेर निर्णय गर्‍यो। अध्यक्ष कमरेडले बालुवाटारमा गएर एमसीसी टेबल गर्न सहमति जनाउनुभयो’, ती सांसदले भने, ‘एमसीसी सम्झौता टेबल भइसकेपछि सजिलै पारित हुने सम्भावना छ। यस्तो अवस्थामा सत्ता साझेदर दल कुन नैतिकताले विपक्षमा मत हालेर सरकार बस्ने? हामी फागुन १२ अघि नै सरकारबाट बाहिरिँदा राम्रो हुन्छ।’

एमसीसी सम्झौता टेबल भएपछि आइतबार बेलुकी प्रचण्ड र नेपाल दुवैले सार्वजनिक धारणा राख्दै एमसीसी संसद्‌मा बलजफ्ती प्रवेश गराइएको र आफूहरु यसको विपक्षमा उभिने उल्लेख गरेका थिए। त्यसपछि उनीहरुको आलोचना थप चुलिएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती एमसीसी टेबल गरेको भन्दै त्यसलाई पारित गराउन बल गरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

‘एमसीसी बलजफ्ती संसद्‌मा पेस गरियो।  एमसीसी टेबल गर्नु लोकतान्त्रिक मान्यताविरुद्ध छ। संसद् अवरोधको मान्यताको विरुद्धमा छ’, उनले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन्, ‘हामी एमसीसी असफल पार्न सम्पूर्ण प्रयत्न गर्छौं। सरकारले बलजफ्ती गरेमा हामी सरकारमा बसिरहन सक्ने स्थिति रहँदैन। सरकार छाड्छौ।’ 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरूङले आफ्नो पार्टी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने बताउँछन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरूङले सरकारबाट बाहिरिन कुनै समय नलाग्ने बताएका हुन्।

‘सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने, ‘कुन दिन हट्ने भन्ने कुरा हो। यसका विषयमा छिट्टै निर्णय गर्छ।’ बाहिर एउटा र भित्र अर्को भन्ने दोहोरो चरित्र पार्टीको नहुने भन्दै उनले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय भइसकेकाले चाँडै नै यसको कार्यान्वयन गरिने बताए।

nimb
nimb

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भने एमसीसीको विपक्षमा उभिएपनि सरकारमै रहने बताए। ‘संसद्‌मा कुनै पनि सांसद स्वतन्त्र हुन्छ। उसलाई दलको ह्वीप लाग्दैन। पार्टी नेतृत्वले जे बोल्यो त्यही बाोलिदिनु पर्ने भन्ने हुँदैन’, चौधरीले भने, ‘सरकार बन्दा एमसीसीमा प्रवेश गरेकै थिएन। गठबन्धन बन्दा एमसीसी मेजर विषय नै थिएन। गठबन्धन एउटा उद्देश्यप्राप्तिका लागि गरेका थियौं। एमसीसी पास होस् वा फेल होस्, गठबन्धनमा कुनै असर पर्दैन, सरकारमै बस्छौं।’ 

त्यसैपनि एमसीसी पास हुने सम्भावना नभएकाले गठबन्धन टुट्ने अवस्था नरहेको चौधरीको जिकिर छ। 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्माको नेतृत्वमा ५ मन्त्री र एक राज्यमन्त्री छन्। जसमा जनार्दन शर्मा अर्थमन्त्री, पम्फा भुसाल उर्जामन्त्री, देवेन्द्र पौडेल शिक्षामन्त्री, शशि श्रेष्ठ भूमि व्यवस्थामन्त्री, महेश्वरजंग गहतराज खेदकुदमन्त्री छन्। शिक्षा राज्यमन्त्रीमा बोधमायाकुमारी यादव छिन्। 

यस्तै, एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। जसमा विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाक्री सहरी विकासमन्त्री, प्रेम आले पर्यटनमन्त्री र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्। 

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि सरकारबाहिरै छ। गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीमा पनि एमसीसीलाई लिएर तीब्र विवाद छ। अहिलेसम्म एमसीसीबारे साझा धारणा बनाउन नसकेको जसपाले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र शनिबार, भदौ १३, २०८३
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्