• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भर्खर बन्दै गरेको पार्टी एकीकृत समाजवादीमा एमसीसीका कारण ‘लफडा’

64x64
बीपी अनमोल आइतबार, फागुन ८, २०७८  २०:५८
1140x725
शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक।

काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसदमा टेबल गर्ने विषयलाई लिएर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ।

प्रतिनिधि सभामा आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गर्ने क्रममा समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले उठेर विरोध जनाएका थिए। उनले एमसीसी अहिलेको स्थितिमा टेबल नै गर्न नहुने भन्दै आपत्ति प्रकट गरे। 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि खनालले पार्टीको बैठकबाट टेबल गर्ने भन्ने कुनै निर्णय नै नभएको अवस्थामा टेबल भएको जिकिर गर्दै आपत्ति जनाए। ‘जसले बोले पनि त्यो व्यक्तिको कुरा भयो। स्थायी कमिटीको बैठकले यस्तो कुनै निर्णय नै गरेको छैन,’ उनले भने, ‘यस विषयमा पार्टीको बैठक राखेर छलफल गर्छाैं।’ खनालले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नसकिने बताए। उनले शीर्ष नेताहरूबीच भएको सहमतिप्रति पनि आपत्ति प्रकट गर्दै विरोध जनाएका थिए। 

एमसीसीका बारेमा छलफल गर्न शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा पनि नेताहरूबीच विवाद भएको थियो। संशोधन नभइकन टेबल गर्न नै नहुने भन्ने एकथरी नेताहरूको धारणा थियो भने अर्काथरीले यथास्थितिमा पास गर्न नसकिने, तर टेबल भने गर्न दिने विषयमा असहमति राख्न नहुने बताएका थिए।

नेताहरूका बीचमा विवाद भएपछि बैठकमा अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा पास गर्न नसकिने पार्टीको अडान यथावत रहे पनि टेबल गर्न दिने विषयमा असहमति राख्न नहुने बताएका थिए। बैठकमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालकै बीचमा असहमति देखिएको एक नेताले बताए।

बैठकमा छलफलका रुपमा आए पनि निर्णय नै नभएको एकीकृत समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन्। ‘महासचिवले के मन लागेर विज्ञप्ति जारी गर्दिनुभयो। सधैं प्रवक्ताले नै हो विज्ञप्ति जारी गर्ने,’ उनले भने, ‘बैठकमा टेबल गर्न दिँदा के हुन्छ भन्ने विषयमा छलफल भएको थियो। तर, निर्णय भएको थिएन।’

'सहमतिको वातावरण निर्माण भएमा छलफल त गर्नुपर्ला भन्नेसम्म' कुरा भए पनि शनिबारको बैठकले निर्णय नै नगरेको खतिवडाको भनाइ छ। ‘सहमतिका लागि संसदको अवरोध हट्न पर्‍यो। सबै निर्णय गर्न सचिवालयलाई अधिकार दिने भन्ने नै भएको थियो। यथास्थितिमा संशोधन नहुने हो भने त त्यो टेबल गर्नुको कुनै अर्थ छैन भन्ने नै थियो,’ उनले भने। 

उपमहासचिवले एकथरी र महासचिवको अर्कै आशयको विज्ञप्ति जारी भएपछि पार्टीभित्र एमसीसीको विषयलाई लिएर विवाद भएको विषय सतहमा देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बैठकमा नेताहरूबीच संसद्‌मा टेबल गर्न दिने वा नदिने भन्ने विषयमा नै फरक-फरक मत देखिएको बताए। ‘महासचिव र उपमहासचिवको विज्ञप्तिको व्यहोरा अनुसार नै हिजोको बैठकमा नेताहरूबीच विवाद देखिएको थियो,’ उनले भने, ‘त्यसै अनुसार फरक-फरक धारणा पनि सार्वजनिक भए।’ एमसीसीका विषयमा पार्टीको अर्को बैठकमा गम्भीर रूपमा छलफल हुने ती नेताको भनाइ छ। 

'महासचिव र तपाईंको विज्ञप्ति किन फरक भयो त?' भन्ने प्रश्नमा उपमहासचिव खतिवडाले बैठकमा छलफल भएको विषयलाई निर्णय भएको भनेर महासचिवले विज्ञप्ति जारी गरेको बताए। उनले दोहोरो विज्ञप्तिका कारण केही समस्या आएको प्रष्ट पारे।

महासचिव बेदुराम भुसालले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसद्‌मा सघन छलफल गर्न भने तयार हुने निर्णय भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तपाईं र उपमहासचिवको विज्ञप्ति किन फरक भन्ने प्रश्नमा भुसालले भने, ‘उपमहासचिवभन्दा महासचिवकै विज्ञप्ति आधिकारिक होला नि, होइन र?’

उनले पार्टीको निर्णय एमसीसीका विषयमा सदन होस् वा बाहिर जहाँ भए पनि बहस छलफल गर्न तयार हुनुपर्छ भन्ने नै रहेको बताए। ‘छलफल र बहस नै गर्नुहुन्न भन्ने होइन। तर, जस्ताको तस्तै पास गर्न तयार छैनौं भन्ने नै हो,’ उनले भने, ‘अहिले जुन अवस्थामा छ, त्यो स्थितिमा पास गर्न सकिन्न। बहस गरेर यसको विपक्षमा वकालत गरेर फेल गर्न पनि सक्नुपर्‍यो नि।’

Xtrem

Xtrem

उनले भातृ संगठनहरुले एमसीसीको विरोध गरिरहेको विषयमा त्यसमा पार्टीको कुनै निर्देशन नभएको बताए। ‘भातृ संगठनहरु सांगठनिक रुपमा स्वतन्त्र हुन्छन्। पार्टीको निर्णयभन्दा बाहिर गएर पनि गर्न सक्छन्। पार्टीले कही निर्णय गरेको छैन, विरोध प्रदर्शन गर्ने भन्ने। जनसंगठनको संयुक्त मोर्चाले निर्णय गरेर उहाँहरुले गर्नुभएको छ,’ उनले भने, ‘त्यो पार्टीको निर्देशन होइन।’

नेकपा एकीकृत समाजवादी पार्टीको १२ औं सचिवालय बैठकले एमसीसीको विषयमा अध्ययन गर्न सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव जग्गनाथ खतिवडा र विजय पौडेल सदस्य रहेको कार्यदल बनाएको थियो। 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्