• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भर्खर बन्दै गरेको पार्टी एकीकृत समाजवादीमा एमसीसीका कारण ‘लफडा’

64x64
बीपी अनमोल आइतबार, फागुन ८, २०७८  २०:५८
1140x725
शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक।

काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसदमा टेबल गर्ने विषयलाई लिएर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ।

प्रतिनिधि सभामा आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गर्ने क्रममा समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले उठेर विरोध जनाएका थिए। उनले एमसीसी अहिलेको स्थितिमा टेबल नै गर्न नहुने भन्दै आपत्ति प्रकट गरे। 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि खनालले पार्टीको बैठकबाट टेबल गर्ने भन्ने कुनै निर्णय नै नभएको अवस्थामा टेबल भएको जिकिर गर्दै आपत्ति जनाए। ‘जसले बोले पनि त्यो व्यक्तिको कुरा भयो। स्थायी कमिटीको बैठकले यस्तो कुनै निर्णय नै गरेको छैन,’ उनले भने, ‘यस विषयमा पार्टीको बैठक राखेर छलफल गर्छाैं।’ खनालले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नसकिने बताए। उनले शीर्ष नेताहरूबीच भएको सहमतिप्रति पनि आपत्ति प्रकट गर्दै विरोध जनाएका थिए। 

एमसीसीका बारेमा छलफल गर्न शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा पनि नेताहरूबीच विवाद भएको थियो। संशोधन नभइकन टेबल गर्न नै नहुने भन्ने एकथरी नेताहरूको धारणा थियो भने अर्काथरीले यथास्थितिमा पास गर्न नसकिने, तर टेबल भने गर्न दिने विषयमा असहमति राख्न नहुने बताएका थिए।

नेताहरूका बीचमा विवाद भएपछि बैठकमा अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा पास गर्न नसकिने पार्टीको अडान यथावत रहे पनि टेबल गर्न दिने विषयमा असहमति राख्न नहुने बताएका थिए। बैठकमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालकै बीचमा असहमति देखिएको एक नेताले बताए।

बैठकमा छलफलका रुपमा आए पनि निर्णय नै नभएको एकीकृत समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन्। ‘महासचिवले के मन लागेर विज्ञप्ति जारी गर्दिनुभयो। सधैं प्रवक्ताले नै हो विज्ञप्ति जारी गर्ने,’ उनले भने, ‘बैठकमा टेबल गर्न दिँदा के हुन्छ भन्ने विषयमा छलफल भएको थियो। तर, निर्णय भएको थिएन।’

'सहमतिको वातावरण निर्माण भएमा छलफल त गर्नुपर्ला भन्नेसम्म' कुरा भए पनि शनिबारको बैठकले निर्णय नै नगरेको खतिवडाको भनाइ छ। ‘सहमतिका लागि संसदको अवरोध हट्न पर्‍यो। सबै निर्णय गर्न सचिवालयलाई अधिकार दिने भन्ने नै भएको थियो। यथास्थितिमा संशोधन नहुने हो भने त त्यो टेबल गर्नुको कुनै अर्थ छैन भन्ने नै थियो,’ उनले भने। 

उपमहासचिवले एकथरी र महासचिवको अर्कै आशयको विज्ञप्ति जारी भएपछि पार्टीभित्र एमसीसीको विषयलाई लिएर विवाद भएको विषय सतहमा देखिएको छ।

Ncell 2
Ncell 2

एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बैठकमा नेताहरूबीच संसद्‌मा टेबल गर्न दिने वा नदिने भन्ने विषयमा नै फरक-फरक मत देखिएको बताए। ‘महासचिव र उपमहासचिवको विज्ञप्तिको व्यहोरा अनुसार नै हिजोको बैठकमा नेताहरूबीच विवाद देखिएको थियो,’ उनले भने, ‘त्यसै अनुसार फरक-फरक धारणा पनि सार्वजनिक भए।’ एमसीसीका विषयमा पार्टीको अर्को बैठकमा गम्भीर रूपमा छलफल हुने ती नेताको भनाइ छ। 

'महासचिव र तपाईंको विज्ञप्ति किन फरक भयो त?' भन्ने प्रश्नमा उपमहासचिव खतिवडाले बैठकमा छलफल भएको विषयलाई निर्णय भएको भनेर महासचिवले विज्ञप्ति जारी गरेको बताए। उनले दोहोरो विज्ञप्तिका कारण केही समस्या आएको प्रष्ट पारे।

महासचिव बेदुराम भुसालले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसद्‌मा सघन छलफल गर्न भने तयार हुने निर्णय भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तपाईं र उपमहासचिवको विज्ञप्ति किन फरक भन्ने प्रश्नमा भुसालले भने, ‘उपमहासचिवभन्दा महासचिवकै विज्ञप्ति आधिकारिक होला नि, होइन र?’

उनले पार्टीको निर्णय एमसीसीका विषयमा सदन होस् वा बाहिर जहाँ भए पनि बहस छलफल गर्न तयार हुनुपर्छ भन्ने नै रहेको बताए। ‘छलफल र बहस नै गर्नुहुन्न भन्ने होइन। तर, जस्ताको तस्तै पास गर्न तयार छैनौं भन्ने नै हो,’ उनले भने, ‘अहिले जुन अवस्थामा छ, त्यो स्थितिमा पास गर्न सकिन्न। बहस गरेर यसको विपक्षमा वकालत गरेर फेल गर्न पनि सक्नुपर्‍यो नि।’

उनले भातृ संगठनहरुले एमसीसीको विरोध गरिरहेको विषयमा त्यसमा पार्टीको कुनै निर्देशन नभएको बताए। ‘भातृ संगठनहरु सांगठनिक रुपमा स्वतन्त्र हुन्छन्। पार्टीको निर्णयभन्दा बाहिर गएर पनि गर्न सक्छन्। पार्टीले कही निर्णय गरेको छैन, विरोध प्रदर्शन गर्ने भन्ने। जनसंगठनको संयुक्त मोर्चाले निर्णय गरेर उहाँहरुले गर्नुभएको छ,’ उनले भने, ‘त्यो पार्टीको निर्देशन होइन।’

नेकपा एकीकृत समाजवादी पार्टीको १२ औं सचिवालय बैठकले एमसीसीको विषयमा अध्ययन गर्न सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव जग्गनाथ खतिवडा र विजय पौडेल सदस्य रहेको कार्यदल बनाएको थियो। 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्