काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थानीय चुनावलाई लक्षित गर्दै गतिविधि बढाएका छन्।
निर्वाचन आयोग र सरकारबीच आगामी जेठ ४ मा स्थानीय चुनाव गर्ने सहमति भएसँगै प्रचण्डले कर्णाली प्रदेश कमिटीलाई सम्बोधन गरेका हुन्।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले बिहीबार कर्णाली प्रदेश कमिटीलाई सम्बोधन गरेका छन्।
पार्टीको कर्णाली प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रमलाई प्रचण्डले जुम मार्फत भर्चूअलरुपमा सम्बोधन गषरेका हुन्।
प्रचण्ड निवास खुमलटारबाट कर्णाली प्रदेश कमिटीलाई पछिल्लो राजनीतिक परिस्थितिका विषयमा समेत उनले बिफ्रफिङ गरेका छन्। कर्णाली प्रदेश कमिटीले पूर्णता पाएपछि प्रचण्डले पहिलो पटक सम्बोधन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।