• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय तहमा सत्तारुढ दलहरुको गठबन्धन कति सम्भव?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २१, २०७८  ०९:०५
1140x725

काठमाडौं- स्थानीय तह निर्वाचनका सम्बन्धमा केही हप्तादेखि कायम रहेको अन्योल चिरिएको छ। आगामी जेठ ४ गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा हुने तय भएको छ। त्यसका लागि तयारी सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार निर्वाचन आयोगलाई भनिसकेका छन्।

निर्वाचनको मिति अनौपचारिक रुपमा टुंगो लागेपछि चुनाव जित्ने आत्मविश्वास भएका वा हार्ने सम्भावना भएका नेताहरुले टिकटका लागि पहल पनि सुरु गरिसकेका छन्। त्यसैले पनि निर्वाचनमा सत्ताधारी दलहरुबीच गठबन्धन हुन्छ वा हुँदैन भन्ने चासो अभिव्यक्त हुन थालेको छ।

सबैजसो पार्टीमा आकांक्षीहरुको संख्या ठूलो भएकाले उनीहरुलाई व्यवस्थापन गर्नुपर्ने दबाबमा पार्टीका शीर्ष नेता हुने छन्। त्यस्तो दबाबका बीच ७५३ वटै स्थानीय तहमा सत्ता गठबन्धन हुन मुस्किल रहेको नेताहरु बताउँछन्।

नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने वा नगर्नेमा दुईथरी धारणा छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गरेर अघि बढ्न सकारात्मक नै छन्। पार्टीभित्रकै शेखर कोइरालापक्ष भने निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने बताइरहेका छन्। उनीहरु कांग्रेस एक्लैले निर्वाचन जित्ने भन्दै गठबन्धन आवश्यक नभएको बताउँछन्। एक्लै लड्दा नै निर्वाचन परिणाम बढी अनुकूल हुने बुझाइ देउवाको पनि छ। तर, गठबन्धन उनको बाध्यता जस्तो भएको छ। त्यसैले उनी गठबन्धनको विपक्षमा खुलेर बोलेका छैनन्। बरु गठबन्धन कायमै रहने बताइरहेका छन्।

यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा, कांग्रेससँग तालमेल गरेर केही बढी स्थानीय तहको नेतृत्व हात पार्ने दाउमा देखिन्छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी अघि बढ्दा नतिजा कमजोर आउने र त्यसको असर प्रतिनिधि सभा र प्रदेश सभामा पर्ने आकलन उनीहरुको छ। त्यस्तो आकलन देउवाको पनि छ। त्यसैले स्थानीय तहको निर्वाचनमै एमालेलाई कमजोर सावित गर्ने उनीहरुको प्रयास छ। देउवालाई अहिले गठबन्धन नगर्ने हो भने फेरि वामपन्थीहरुबीच गठबन्धन होला कि भन्ने डर पनि छ। सत्ताधारी दलहरुलाई निर्वाचनमा गठबन्धनको आवश्यकताको खास कारण त्यही हो।

यो पनि पढ्नुहोस्

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : कुन महानगरपालिकामा कस्तो गठबन्धन? कस्तो नतिजा?

एकीकृत समाजवादीले देशैभर संगठन विस्तार गरे पनि सांगठनिक प्रभाव भएका स्थानीय तह सीमित छन्। जसपाको पनि मधेश प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तल्लो भेगका जिल्लामा मात्रै बर्चस्व छ। राष्ट्रिय जनमोर्चाको पनि प्यूठान र बागलुङमा पकड देखिन्छ। यस्तो अवस्थामा सत्तारुढ पाँच दलबीच ७५३ वटै स्थानीय तहमा गठबन्धन हुने सम्भावना कम छ। बरु, मुख्यगरी कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

स्थानीय तहमा आ-आफ्नै जटिलता
७५३ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी प्रभाव पार्ने काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्‍ज महानगरपालिका हुन्। वीरगञ्‍ज महानगरपालिकामा जसपा बलियो छ। अन्य महानगरपालिकामा कांग्रेस नै मुख्य प्रतिस्पर्धी हो। यस्तो अवस्थामा कांग्रेसले महानगरमा गठबन्धन गर्ने सम्भावना न्यून छ। अरु उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा तालमेल गर्न पनि स्थानीय नेताहरुले केन्द्रको निर्देशन सजिलै मान्न सक्ने अवस्था कम छ।

यो पनि पढ्नुहोस्

काठमाडौं महानगरमा कांग्रेस तालमेल गरेर भिड्छ कि एक्लै?

कांग्रेसले स्थानीय तहमा तालमेल गर्न स्थानीय तहका नेतृत्वलाई नै जिम्मा दिने कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्। ‘देशैभरका सबै स्थानीय तहमा तालमेल हुने सम्भावना न्यून छ। केन्द्रले दिएको निर्देशन स्थानीय तहका नेतृत्वले मान्ने अवस्था छैन,’ पौडेलले भने, ‘यस्तो अवस्थामा स्थानीय तहका नेतृत्वलाई नै तालमेल गर्न अधिकार दिएर त्यसैअनुसार गठबन्धन बनाउन सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले तालमेल गरेरै निर्वाचनमा सहभागी हुन रुचि नदेखाएको अवस्थामा सत्ता गठबन्धनका अन्य चार दलले मात्रै तालमेल गर्ने सम्भावना पनि छ। त्यस्तो अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र-एकीकृत समाजवादी-जसपा-जनमोर्चा गरी मुख्य तीन पक्षबीच तालमेल हुनसक्छ। तर, मधेश क्षेत्रमा बलियो प्रभाव भएको जसपाले सो क्षेत्रमा तालमेल गर्न तयार हुनेमा आशंका गरिन्छ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले संविधानअनुकूल नभएको ऐन कानुन संशोधन गरेर पाँच दलीय गठबन्धनसहित स्थानीय तहको चुनावमा सहभागी हुने बताए। ‘भद्र सहमति आगामी चुनावसम्म तालमेल गर्नुपर्छ भन्ने छ। कांग्रेसको शेखर कोइरालापक्ष तालमेल गर्नु हुँदैन भन्नेमा छन्। उनीहरुको अर्कै डिजाइन देखिन्छ,’ उनले भने, ‘कांग्रेसले गठबन्धन गर्न नमानेमा त्यो बाहेकका दलहरुबीच तालमेल हुन्छ। परिस्थिति कस्तो बन्छ, हेर्दै जाऔँ।’

प्रधानमन्त्री देउवाले सहकार्य नतोड्ने उनको दाबी छ। ‘स्थानीय तहमा देखिएको राजनीतिक अन्तरद्वन्द्व केन्द्रले पहिल्याउन गाह्रो छ। त्यस्तो अवस्थामा केन्द्रले तालमेल गरेमा तल कार्यान्वयन हुने सम्भावना कम छ,’ माओवादी केन्द्रका अर्का नेता भन्छन्, ‘त्यस्तो अवस्थामा गठबन्धन आफैं अन्तरद्वन्द्वमा फस्यो भने एमालेले जित्न बेर लाउँदैन।’

स्थानीय तहकै आवश्यकताका आधारमा मात्रै तालमेल भएमा धेरै स्थानीय तह जित्न गाह्रो हुने ती नेताले बताए। ‘अहिले चुनाव जित्न सक्नेले मात्रै होइन, हार्ने निश्चित जस्तै भएकाले पनि चुनाव लड्न पाउनुपर्छ भन्ने मनोविज्ञान छ,’ उनले भने, ‘चुनाव विकृत भइसक्यो। चुनावमा उठ्ने र स्वदेशी तथा विदेशी व्यापारीबाट पैसा उठाउने प्रवृत्ति पनि देखियो। यस्तो मनोविज्ञान भएमा तालमेल गर्न गाह्रो हुन सक्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको खतरा नटरिसकेकाले चुनावी तालमेल गर्नुपर्छ भन्ने मनोभावना हाबी भएमा मात्रै गठबन्धन गर्न सजिलो हुनसक्ने उनको भनाइ छ। स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरु किचलोमा फसे भने एमालेले नै जित निकाल्न सक्ने आकलन उनको छ।

यो पनि पढ्नुहोस्

स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने कांग्रेसको संकेत

 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०९:०५
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्