Vianet Vianet
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : कुन महानगरपालिकामा कस्तो गठबन्धन? कस्तो नतिजा?

64x64
नेपाल लाइभ मंगलबार, माघ १८, २०७८  १९:२२
1140x725

काठमाडौं– २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा निर्वाचन भएको थियो। त्यस्तै, दोस्रो चरण अन्तर्गत असार १४ गते प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो। तेस्रो चरण अन्तर्गत असोज २ गते मधेश प्रदेश (तत्कालीन प्रदेश २)मा निर्वाचन भएको थियो।

त्यतिबेला एमालेले दुई, कांग्रेसले दुई, नेकपा माओवादी केन्द्रले एक, संघीय समाजवादी फोरमले एक महानगरपालिकामा प्रमुख जितेका थिए। एमालेले काठमाडौं र पोखरा, कांग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र संघीय समाजवादी फोरमले वीरगंज महानगरपालिकामा प्रमुख जितेका थिए।

त्यतिबेलाको परिस्थितिमा केही फेरबदल आएका छन्। जस्तो कि, नेकपा एमाले नै विभाजित भएको छ। मधेशमा प्रभाव रहेको नेपाल लोकतान्त्रिक फोरम पनि कांग्रेसमा समाहित भइसकेको छ। जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ। आगामी निर्वाचनमा कुन खालको गठबन्धन बन्छ वा बन्दैन र त्यसलाई मतदाताले कसरी लिन्छन्, नतिजा मूलतः त्यसैमा निर्भर गर्छ। हामीले यहाँ भने गत निर्वाचनको चुनावी गठबन्धनलाई केलाउने प्रयास गरेका छौं।

काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा त्यतिबेला एमाले र राप्रपाको गठबन्धन बनेको थियो। एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए। प्रमुखमा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेका थिए। शाक्य ६४ हजार ९१३ मत सहित विजयी भएका थिए। त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु राज जोशीले ४५ हजार २६९ मत पाएका थिए। उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ सहित विजयी भएकी थिइन्। उनको निकट प्रत्यासी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए।

प्रमुख
विद्यासुन्दर शाक्य/ नेकपा एमाले- ६४९१३
राजु राज जोशी/ नेपाली कांग्रेस- ४५२६९
रञ्जु न्यौपाने (रञ्जु दर्शना)/विवेकशील नेपाली दल- २३४३९
किशोर थापा/साझा पार्टी- १८४९६
सर्वोत्तम दास डंगोल / माओवादी केन्द्र- ७९०६
पवित्र बज्राचार्य / नयाँ शक्ति पार्टी, नेपाल- ६०५०

उपप्रमुख
हरिप्रभा खड्गी/नेपाली कांग्रेस- ५८९५२
राजाराम श्रेष्ठ/राष्ट्रिय प्रजातन्त्र पार्टी- ३४८५४
निरुपमा यादव/साझा पार्टी- ११५३३
सुशीला कुमारी पौडेल/नेकपा माओवादी केन्द्र- १०४४८
सविना अर्याल/नयाँ शक्ति नेपाल- ३४९३

ललितपुर महानगरपालिका
यो महानगरपालिकामा पनि प्रमुख र उपप्रमुखमा गठबन्धन बनेको थियो। प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिएका थिए। तर, दुवै पराजित भए। विजयी भएका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन र निकट प्रत्यासी एमालेका हरिकृष्ण व्यञ्जनकारबीच मतान्तर भने धेरै छैन। महर्जनले २४ हजार ६४२ र व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए। उपप्रमुखमा कांग्रेस उम्मेदवार गिता सत्यालले १९ हजार ८१९ मत पाएका थिए।

यो महानगरपालिकामा साझा पार्टीले प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा शोभा शाक्यलाई प्रतिस्पर्धी बनाएको थियो। महर्जन तेस्रो भएका थिए, शाक्य भने दोस्रो भएकी थिइन्। एमालेसँग गठबन्धन गरेको राप्रपाका उपप्रमुखका उम्मेदवार बाबुकाजी प्रधान १० हजार ५४० मत ल्याउँदै चौथो भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

प्रमुख
चिरिबाबु महर्जन (नेपाली कांग्रेस)- २४६४२
हरिकृष्ण व्यञ्जनकार (नेकपा एमाले)- २४३१६
रमेश महर्जन/ साझा पार्टी- १३४५८
दिनेश महर्जन/नेकपा माओवादी केन्द्र- १०६६१

उपप्रमुख
गिता सत्याल/नेपाली कांग्रेस- १९८१९
शोभा शाक्य/साझा पार्टी-१४२४०
हसिना शाक्या/नेकपा माओवादी केन्द्र- १२९७९
बाबुकाजी प्रधान/राष्ट्रिय  प्रजातन्त्र पार्टी- १०५४०
सजनी महर्जन/नयाँ शक्ति पार्टी, नेपाल- १३८०

पोखरा महानगरपालिका
पोखरा महानगरपालिका (तत्कालीन पोखरा लेखनाथ महानगरपालिका) मा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। सोही अनुसार प्रमुखका लागि कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले सघाएको थियो। तर, प्रमुख तथा उपप्रमुख दुवैमा एमालेका उम्मेदवारहरुले जित निकालेका थिए। मतान्तर पनि उल्लेखनीय थियो।

प्रमुख
मानबहादुर जीसी/ नेकपा एमाले- ६०११८
रामजी कुँवर/नेपाली कांग्रेस- ४६४१६
हुमबहादुर गुरुङ/संघीय समाजवादी फोरम- ३१७०
गीता गुरुङ/राष्ट्रिय प्रजातन्त्र पार्टी- २२७२

उपप्रमुख
मञ्जुदेवी गुरुङ/नेकपा एमाले- ५६४४८
सरस्वती गुरुङ/नेपाली कांग्रेस- ४४३३८
गोमा ढकाल/नेकपा माओवादी केन्द्र- ८७९६
रमेश बहादुर खत्री/राष्ट्रिय प्रजातन्त्र पार्टी- २८४०

भरतपुर महानगरपालिका
यो महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो। माओवादी केन्द्रको तर्फबाट प्रमुखका उम्मेदवार र कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार उभ्याइएका थिए। जित्न त उनीहरुले नै जिते तर, प्रमुखको मत गणना भने विवादमा पर्यो। माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहाल पछि पर्दै गएपछि मतपत्र च्यातिएको थियो। महानगरपालिकाको वडा नम्बर १९ मा पुनः भएको मतदानपछि दाहालले जितेकी थिइन्।

प्रमुख
रेणु दाहाल/नेकपा माओवादी केन्द्र- ४३१२७
देवी प्रसाद ज्ञवाली/नेकपा एमाले- ४२९२४
बद्रीनाथ तिमिल्सिना/राष्ट्रिय प्रजातन्त्र पार्टी- ६८४२

उपप्रमुख
पार्वती शाह ठकुरी/नेपाली कांग्रेस- ४७१९७
दिव्य शर्मा/नेकपा एमाले- ३९५२५
रिना गुरुङ/राष्ट्रिय प्रजातन्त्र पार्टी- ७२५२

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भएको थियो। एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन बनेको थियो। त्यस्तै, माओवादी केन्द्र र संघीय समाजवादी फोरम बीच पनि गठबन्धन बनेको थियो। कांग्रेस भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। प्रतिस्पर्धामा प्रमुख तथा उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए। 

प्रमुख
भीम पराजुली/नेपाली कांग्रेस- २३०३१
विनोदप्रसाद ढकाल/नेकपा एमाले- १७३२१
उमेशकुमार यादव/संघीय समाजवादी फोरम- १४९५८
प्रह्लाद प्रसाद साह/राष्ट्रिय प्रजातन्त्र पार्टी/५५२४

उपप्रमुख
इन्दिरा कार्की/नेपाली कांग्रेस- २०१४६
नमिता न्यौपाने/नेकपा माओवादी केन्द्र- ११५२४
सुचि चौधरी/मजफो, नेपाल (लोकतान्त्रिक)- १०५३६
शोभा श्रेष्ठ/राष्ट्रिय प्रजातन्त्र  पार्टी- ४१०२

वीरगंज महानगरपालिका 
वीरगंज महानगरपालिकामा प्रमुख दलहरुले प्रमुख तथा उपप्रमुखमा आ-आफ्ना उम्मेदवार उठाएका थिए। जसमा तत्कालीन संघीय समाजवादीका विजयकुमार सरावगी विजयी भएका थिए। उनले १९ हजार ३९३ मत पाएका थिए। नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएर दोस्रो भएका थिए। उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्। त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमकी पिंकी देवी यादव १८ हजार ५३० मत पाएर दोस्रो भएकी थिइन्।

प्रमुख
विजयकुमार सरावगी/संघीय समाजवादी फोरम- १९३९३
अजयकुमार द्विवेदी/नेपाली कांग्रेस- १७१९७
राजेशमान सिंह/राष्ट्रिय जनता पार्टी नेपाल- १२१६५
विमलप्रसाद श्रीवास्तव/नेपाल लोकतान्त्रिक फोरम- ८७०१
म. बसरुद्धीन अंसारी/नेकपा एमाले- ८६८८
रहवर अंसारी/नेकपा माओवादी केन्द्र- ८३०५ 

उपप्रमुख
शान्ति कार्की/नेपाली कांग्रेस- १९६०७
पिंकी देवी यादव/संघीय समाजवादी फोरम- १८५३०
रम्भा मिश्रा/राष्ट्रिय जनता पार्टी  नेपाल- १०६६३
सोफिया आचार्य/नेकपा माओवादी केन्द्र- १०३४१

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १९:२२
  • ##स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्