• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने कांग्रेसको संकेत

64x64
नेपाल लाइभ मंगलबार, माघ १८, २०७८  ०९:३५
1140x725

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्ने/नगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ। स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर चुनावी तालमेल नगर्ने पक्षमा रहेको कांग्रेसले ठाउँ विशेषमा भने गठबन्धन बनाउने रणनीति बनाउने भएको छ।

गत निर्वाचनमा उम्मेदवार चयन प्रक्रियामा पनि केन्द्रको हस्तक्षेप भएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त भएको थियो। त्यतिबेला केन्द्रबाटै टिकट वितरण गरिनुका साथै गठबन्धनसमेत गरिदिँदा मातहतका कार्यसमितिलाई बेवास्ता गरेको भन्दै विरोध भएको थियो। विगतको असन्तुष्टिबाट ‘पाठ सिकेर’ केन्द्रले हस्तक्षेप नगर्ने नीति लिने नेताहरुको भनाइ छ। ‘स्थानीय तहमा टिकट वितरण र अन्य दलसँगको तालमेलको विषयमा केन्द्रले हस्तक्षेप भएको गुनासो थियो,’ सभापति शेरबहादुर देउवानिकट एक नेताले भने, ‘यसपटक घोषित रुपमा देशभर तालमेल हुँदैन। स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन बनाउन तल्लो तहका कार्यसमिति स्वतन्त्र हुन्छन्।’

केन्द्रबाटै गठबन्धन गरिदिँदा असन्तुष्टिहरु सार्वजनिक रुपमै अभिव्यक्त हुने, गठबन्धन पनि प्रभावकारी नहुने र कार्यकर्ताको पनि मनोबल घट्ने भएकाले पनि यसपटक केन्द्रबाट हस्तक्षेप नगर्ने रणनीति कांग्रेसले बनाएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा केही स्थानमा तालमेल गरिएको थियो। तर, कांग्रेसले खासै लाभ लिन नसकेको मूल्यांकन गरिएको थियो। त्यतिबेला मुख्य तालमेल गरिएको माओवादी केन्द्रलाई मात्रै फाइदा पुगेको कांग्रेसको निष्कर्ष छ। त्यसको उदाहरणको रुपमा भरतपुर र पोखरा महानगरपालिकालाई लिने गरिन्छ। भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई र पोखरामा माओवादी केन्द्रले कांग्रेसलाई सघाएका थिए। तर, भरतपुरमा माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले जितिन्। तर, पोखरामा कांग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका रामजी कुँवरले पराजय भोग्नुपर्‍यो।

६ वटा महानगरमध्ये पाँच वटामा सत्ता गठबन्धनका अन्य दलभन्दा नेतृत्वकर्ता कांग्रेस बलियो छ। काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विराटनगरमा कांग्रेस बलियो छ। गत निर्वाचनमा यीमध्ये ललितपुर र विराटनगरमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। काठमाडौं र पोखरामा एमालेका मेयरले जितेका थिए। भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी (तत्कालीन संघीय समाजवादी फोरम) का उम्मेदवार विजयी भएका थिए।

nimb
nimb

सत्ता गठबन्धनका पाँच दलमा तुलनात्मक रुपमा बलियो देखिएको कांग्रेस महानगरमा तालमेल गर्ने मनस्थितिमा छैन। तालमेलबाट सबैभन्दा असन्तुष्टि चितवनमा देखिएको थियो। चितवनमा कांग्रेस आफैं बलियो रहेको रहेको भए पनि पार्टी नेतृत्वले ‘हँसिया हथौडा’मा मतदान गर्न लगाएकोप्रति जिल्ला सभापति जितनारायण श्रेष्ठले चरम असन्तुष्टि जनाउँदै आएका छन्। ‘चितवनमा सत्ता गठबन्धनमा हामी नै बलियो हौं। अरुलाई जिताउने नाममा तालमेल हुन सक्दैन,’ श्रेष्ठले भने।

संगठनमा कमजोर तथा कम मतदाता भएका ठाउँमा सत्ता गठबन्धनका अन्य दललाई सहयोग गर्न सकिने तर, महानगरहरुमा तालमेल नगर्ने कांग्रेसका नेताहरु बताउँछन्।

भरतपुरमा कांग्रेसका कारण विजयी भएकी दाहाल सोही पदमा उठ्ने सम्भावना नरहेको बताइएको छ। ‘प्रचण्डकी छोरी भएकाले र चुनावी तालमेल भएकाले जिताउनुपर्ने कांग्रेसको दायित्व पनि थियो,’ देउवानिकट एक नेता भन्छन्, ‘उनी मेयरमा उठ्ने सम्भावना कम छ। कांग्रेसले भरतपुरमा माओवादीलाई जिताउन यसपटक तालमेल गर्दैन।’

गत निर्वाचनमा टिकट वितरणसमेत पारदर्शी नभएको भन्दै कांग्रेसभित्र असन्तुष्टि थियो। तल्लो संरचनाबाट सिफारिस भएका नामलाई बेवास्ता गरेर केन्द्रले आफूखुसी टिकट विरतण गरेको आरोप पनि थियो। यसपटक विगतको गल्ती नदोहिरिने नेताहरु बताउँछन्। पार्टी विधान अनुसार वडा तहदेखि उम्मेदवारका नाम सिफारिस हुँदै आएको हुन्छ। मातहतका निकायबाट प्राप्त नाममा रायसहित उपल्लो तहमा उम्मेदवारको नाम सिफारिस गर्ने विधानको व्यवस्था छ।

वडा-पालिका-प्रदेश सभा क्षेत्र-प्रतिनिधि सभा क्षेत्र-जिल्ला-प्रादेशिक समिति गरी पार्टी संरचना पार गर्दै सिफारिस नामहरु केन्द्रीय संसदीय समितिमा आइपुग्छ। विधानको धारा ३२ ले संसदीय समितिले उम्मेदवारी सिफारिस, निर्णय र अनुमोदन गर्ने व्यवस्था गरेको छ। स्थानीय तहको प्रमुख उपप्रमुख तथा सदस्यहरुमा ३/३ जना नाम माथिल्लो तहमा सिफारिस गर्ने विधानको व्यवस्था छ। सिफारिस गरिएका ३ जनामा एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ। 

केन्द्रीय सभापतिको नेतृत्वमा रहेको संसदीय समितिले उम्मेदवारको अन्तिम नामको टुंगो लगाउँछ। उम्मेदवार चयन सहमतिमा हुन नसके बहुमतका आधारमा टुंगो लगाउने व्यवस्था छ। केन्द्रीय संसदीय समितिमा सभापति र महामन्त्री स्वतः सदस्य हुन्छन्। अन्य पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ। केन्द्रीय सदस्यबाट सभापतिले बढीमा ११ जनालाई संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ।

स्थानीय तहको उम्मेदवार टुंगो लगाउँदा सम्बन्धित प्रदेशको सभापतिलाई बैठकमा बोलाउनुपर्ने विधानको व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०९:३५
  • ##स्थानीय_तहको_निर्वाचन_२०७९
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्