काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेलाई संसद्को अवरोध खुलाएर निकास दिन आग्रह गरेका छन्।
नेकपा एमालेको युवा संघले आयोजना गरेको 'स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति' विषयक खुला बहस कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्।
‘संविधान जोखिममा छ भनेर भन्नुभयो। अहिलेदेखि आउँदो संसद्को निर्वाचन हुँदासम्म संसद् चल्न नै दिनुभएन भने भोलि बहुमतै ल्याएर आउनुभयो भने अरु दलले रातो कार्पेट राखेर संसद् चलाउन दिन्छन्?,’ एमाले नेताहरुतर्फ संकेत गर्दै उनले भने।
उनले सभामुखसँग चित्त नबुझेको भए त्यसको पनि संवैधानिक बाटो रहेको प्रष्ट पारे। ‘सभामुखको भूमिका चित्त बुझेन भने हटाइ पाऊँ भनेर संविधानमा भएको व्यवस्थामा जान सक्नु हुन्थ्यो। तर, जान सक्नु भएको छैन,’ रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।