काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सह–सचिवमा चूडामणि कँडेललाई नियुक्त गरेका छन्।
प्रधानमन्त्रीको नीजि सचिवालयमा कार्य गर्ने गरी उनले जिम्मेवारी पाएका छन्। कँडेल बाँकेका हुन्।
यसअघि पनि उनले कांग्रेसका विभिन्न मन्त्रीको सचिवालयमा रहेर काम गरेका थिए। 'नियुक्ति त अलि अघि नै भएको हो। सार्वजनिक आज भयो,' कँडेलले नेपाल लाइभसँग भने।
प्रधानमन्त्री नियुक्त भएको ६ महिनापछि सचिवालयलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो आईटी विज्ञका रूपमा दिपेश विष्ट र भाषण तथा मन्तव्य विज्ञका रुपमा किरण गजुरेललाई नियुक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।