काठमाडौं– सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो। स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल गर्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन्। पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।