काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमा धारणा राख्दै महासचिव पोखरेलले अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने बताएका हुन्। ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठवन्धन,’ उनले लेखेका छन्।
उनले चुनावमा जनता जनार्दन नै न्यायाधीश हुने प्रष्ट पारेका छन्। ‘अजेण्डाविहीन गठवन्धनले होइन, देश र जनताका पक्षको अजेण्डाबाट नै चुनाव जित्ने हो,’ उनले लेखेका छन्, ‘अब सिंगो पार्टीपंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं।’ उनले जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेसमेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।