• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा निर्वाचनको प्रभाव : विगतको अनुभव र विज्ञको विश्लेषण

64x64
सुमित्रा कार्की बुधबार, माघ १९, २०७८  १३:३५
1140x725

काठमाडौं- सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सहमति जुटेसँगै सेयर बजारमा उत्साह छाएको छ। चुनाव पछाडि सर्ने हल्लाले गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो। सोमबार घटे पनि मंगलबार पुन: दोहोरो अंकले बढेको छ। 

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्र चुनाव गर्ने सहमति जुटाएको थियो। उक्त सहमतिसँगै आइतबार सेयर बजारमा उत्साह छाएको सेयर बजारका जानकार तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘सेयर बजार घटबढ हुने यसको आफ्नै प्रोसेस हो। अहिले बढेको बजारलाई निर्वाचनको कारण नै बढेको भन्न त नमिल्ला। तर, चुनावले सेयर बजार बढ्नलाई मद्दत भने अवश्य पुर्‍याउने गरेको हुन्छ।’

सेयर बजार र चुनावको सम्बन्ध
निर्वाचन समयमै हुँदा तरलता सहज हुने र सेयर बजारमा पनि लगानी बढ्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनसँग सेयर बजारको सम्बन्ध भनेकै सेयर बजारमा दूरदराजबाट बैंकिङ प्रणालीमा लगानी आउँछ। यसैगरी चुनाव हुने समयसँगै स्थानीय तहमार्फत् विकासका आयोजनाको काम पनि द्रूतगतिमा हुने गर्दछ।’

निर्वाचनमा सरकारदेखि स्थानीय तहका उम्मेदवारहरुसम्मले खर्च गर्ने भएका कारण यसले बैंकिङ क्षेत्रमा तरलता सहज बनाउने ढकाल बताउँछन्। उनी भन्छन्, ‘आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेका छन्। यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पछ्याउने अपेक्षा गर्न सकिन्छ।’

यसैगरी चुनाव हुँदै गर्दा पैसा खर्च बढ्ने र त्यसको सकारात्मक असर सेयर बजारमा देखिने उपाध्यक्ष फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘खर्च भएको पैसा बैंकिङ प्रणालीबाट आउँछ। अहिले तरलता अभावको कारण ऋण नपाएर लगानी गर्न नपाएका लगानीकर्ताले यो समयमा सजिलै ऋण लिन पाउँछन्। बैंकिङ क्षेत्रमा पैसा आउन थालेपछि ब्याजदर पनि घट्न थाल्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको सेयर बजार नियामक निकायको विभिन्न नीतिका कारण चेपुवामा परिरहेको अवस्थामा रहेको उनको बुझाइ छ। उपाध्यक्ष फुल्लेल थप्छन्, ‘नयाँ सरकार आए पनि सेयर बजारको लागि नयाँ नीति तथा अहिले भएको नीतिगत व्यवस्थामा केही सहज हुन्छ कि भन्ने लगानीकर्ताको मनोविज्ञान हुन्छ। जसले गर्दा सेयर बजारलाई सकारात्मक बाटोतिर लग्ने देखिन्छ।’

इन्भेस्टर्स फोरमका अध्यक्ष ढकालका अनुसार अहिले एउटा गतिमा चलिरहेको राजनीतिक व्यवस्था चुनावपछि परिवर्तन हुनसक्छ। ढकाल थप्छन्, 'संसदीय चुनावपछि नयाँ सरकार आउँछ। नयाँ सरकारसँगै नयाँ सोच आउँछ। नयाँ नीति तथा नियमहरु निर्धारण हुन्छन्। जसले गर्दा सेयर बजारलाई पनि सकारात्मक लयमा ल्याउन मदत पुर्‍याउँछ।’

विगतको अनुभव 
यसअघिका निर्वाचनहरुमा पनि सेयर बजार उकालो लाग्ने गरेको विगत १५ वर्षदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनी भन्छन्, ‘२०७४ सालमा भएको निर्वाचनले पनि सेयर बजार सकारात्मक बनेको थियो। त्यो बेला ११ सय बिन्दुको हाहाहारीमा भएको सेयर बजारले १७ सय बिन्दुसम्म आफ्नो गति बढाएको थियो।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि २०७४ वैशाखको अन्तिममा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो। त्यतिबेला वैशाख १ देखि मसान्तसम्म सेयर बजार १६ सयदेखि १७ सय बिन्दुको बीचका कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ। निर्वाचन घोषणा हुनुभन्दा अगाडि २०७३ सालको सुरुआततिर सेयर बजार ११ सय बिन्दुको हाराहारीमा रहेको थियो। निर्वाचनको समय उकालो लागेको सेयर बजार पछि फेरि घटेर ११ सय बिन्दुमै आएको थियो।

कोरोना महामारीको सुरुआत र महामारीका कारण व्यवसाय बन्द हुँदा पछिल्लो दुई वर्षयता बजारले पनि नयाँ उचाई कायम गरेको छ। यसैगरी पछिल्लो केही समययता सेयर बजारमा नयाँ कम्पनीको प्रवेश पनि उल्लेख्य रुपमा बढेको छ। जसले गर्दा पनि सेयर बजारमा नयाँ लगानीकर्ताको उत्साह बढ्दो छ। सबै कुरा सकारात्मक रहेको बेला चुनावपछि पनि सेयर बजार सकारात्मक लयमै रहने जानकारहरुको भनाइ छ।

यसैबीच, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका छन्। उक्त छलफलमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीहरुबीच जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सहमति भएको जानकारी दिइएको छ। यो सहमतिले सेयर बजारलाई कुन दिशामा लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्