• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा निर्वाचनको प्रभाव : विगतको अनुभव र विज्ञको विश्लेषण

64x64
सुमित्रा कार्की बुधबार, माघ १९, २०७८  १३:३५
1140x725

काठमाडौं- सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सहमति जुटेसँगै सेयर बजारमा उत्साह छाएको छ। चुनाव पछाडि सर्ने हल्लाले गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो। सोमबार घटे पनि मंगलबार पुन: दोहोरो अंकले बढेको छ। 

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्र चुनाव गर्ने सहमति जुटाएको थियो। उक्त सहमतिसँगै आइतबार सेयर बजारमा उत्साह छाएको सेयर बजारका जानकार तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘सेयर बजार घटबढ हुने यसको आफ्नै प्रोसेस हो। अहिले बढेको बजारलाई निर्वाचनको कारण नै बढेको भन्न त नमिल्ला। तर, चुनावले सेयर बजार बढ्नलाई मद्दत भने अवश्य पुर्‍याउने गरेको हुन्छ।’

सेयर बजार र चुनावको सम्बन्ध
निर्वाचन समयमै हुँदा तरलता सहज हुने र सेयर बजारमा पनि लगानी बढ्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनसँग सेयर बजारको सम्बन्ध भनेकै सेयर बजारमा दूरदराजबाट बैंकिङ प्रणालीमा लगानी आउँछ। यसैगरी चुनाव हुने समयसँगै स्थानीय तहमार्फत् विकासका आयोजनाको काम पनि द्रूतगतिमा हुने गर्दछ।’

निर्वाचनमा सरकारदेखि स्थानीय तहका उम्मेदवारहरुसम्मले खर्च गर्ने भएका कारण यसले बैंकिङ क्षेत्रमा तरलता सहज बनाउने ढकाल बताउँछन्। उनी भन्छन्, ‘आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेका छन्। यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पछ्याउने अपेक्षा गर्न सकिन्छ।’

यसैगरी चुनाव हुँदै गर्दा पैसा खर्च बढ्ने र त्यसको सकारात्मक असर सेयर बजारमा देखिने उपाध्यक्ष फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘खर्च भएको पैसा बैंकिङ प्रणालीबाट आउँछ। अहिले तरलता अभावको कारण ऋण नपाएर लगानी गर्न नपाएका लगानीकर्ताले यो समयमा सजिलै ऋण लिन पाउँछन्। बैंकिङ क्षेत्रमा पैसा आउन थालेपछि ब्याजदर पनि घट्न थाल्छ।’

Ncell 2
Ncell 2

अहिलेको सेयर बजार नियामक निकायको विभिन्न नीतिका कारण चेपुवामा परिरहेको अवस्थामा रहेको उनको बुझाइ छ। उपाध्यक्ष फुल्लेल थप्छन्, ‘नयाँ सरकार आए पनि सेयर बजारको लागि नयाँ नीति तथा अहिले भएको नीतिगत व्यवस्थामा केही सहज हुन्छ कि भन्ने लगानीकर्ताको मनोविज्ञान हुन्छ। जसले गर्दा सेयर बजारलाई सकारात्मक बाटोतिर लग्ने देखिन्छ।’

इन्भेस्टर्स फोरमका अध्यक्ष ढकालका अनुसार अहिले एउटा गतिमा चलिरहेको राजनीतिक व्यवस्था चुनावपछि परिवर्तन हुनसक्छ। ढकाल थप्छन्, 'संसदीय चुनावपछि नयाँ सरकार आउँछ। नयाँ सरकारसँगै नयाँ सोच आउँछ। नयाँ नीति तथा नियमहरु निर्धारण हुन्छन्। जसले गर्दा सेयर बजारलाई पनि सकारात्मक लयमा ल्याउन मदत पुर्‍याउँछ।’

विगतको अनुभव 
यसअघिका निर्वाचनहरुमा पनि सेयर बजार उकालो लाग्ने गरेको विगत १५ वर्षदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनी भन्छन्, ‘२०७४ सालमा भएको निर्वाचनले पनि सेयर बजार सकारात्मक बनेको थियो। त्यो बेला ११ सय बिन्दुको हाहाहारीमा भएको सेयर बजारले १७ सय बिन्दुसम्म आफ्नो गति बढाएको थियो।'

यसअघि २०७४ वैशाखको अन्तिममा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो। त्यतिबेला वैशाख १ देखि मसान्तसम्म सेयर बजार १६ सयदेखि १७ सय बिन्दुको बीचका कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ। निर्वाचन घोषणा हुनुभन्दा अगाडि २०७३ सालको सुरुआततिर सेयर बजार ११ सय बिन्दुको हाराहारीमा रहेको थियो। निर्वाचनको समय उकालो लागेको सेयर बजार पछि फेरि घटेर ११ सय बिन्दुमै आएको थियो।

कोरोना महामारीको सुरुआत र महामारीका कारण व्यवसाय बन्द हुँदा पछिल्लो दुई वर्षयता बजारले पनि नयाँ उचाई कायम गरेको छ। यसैगरी पछिल्लो केही समययता सेयर बजारमा नयाँ कम्पनीको प्रवेश पनि उल्लेख्य रुपमा बढेको छ। जसले गर्दा पनि सेयर बजारमा नयाँ लगानीकर्ताको उत्साह बढ्दो छ। सबै कुरा सकारात्मक रहेको बेला चुनावपछि पनि सेयर बजार सकारात्मक लयमै रहने जानकारहरुको भनाइ छ।

यसैबीच, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका छन्। उक्त छलफलमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीहरुबीच जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सहमति भएको जानकारी दिइएको छ। यो सहमतिले सेयर बजारलाई कुन दिशामा लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्