काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त भएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्रीको आईटी विज्ञमा नियुक्त गर्ने निर्णय गरेको हो।
विष्ट कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा कार्यरत थिए। नेपाली कांग्रेसको नयाँ वेबसाइट डिजाइन तथा क्रियाशील सदस्यताको सूची समावेश गर्ने कार्यको नेतृत्व उनले गरेका थिए।
विष्ट एनसी विनको संयोजक समेत हुन्। उक्त विङ कांग्रेसको सूचना प्रवाह प्रभावकारी बनाउन गठन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।