काठमाडौं– कर्णाली प्रदेश सभामा जारी अवरोध हटाउन प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ।
कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको बैठक लगायत सभाका आगामी बैठकहरुको कार्यसूची तय गर्ने विषयमा सभामुख राजबहादुर शाहीको अध्यक्षतामा भएको सर्वदलीय बैठकमा ७ बुँदे सहमति भएको हो।
बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख विपक्षी दलका नेता यामलाल कँडेल, उपसभामुख पुष्पा घर्ती(विष्ट), नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादीका दलका नेता चन्द्रबहादुर शाही सहभागी थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कर्णाली प्रदेशसभामार्फत् प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका विषयहरुलाई प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेशसभाको बैठकमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमाले तयार भएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।