काठमाडौं– देशका विभिन्न जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर सब विभिजन वन कार्यालय पचमुडियामा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो।
गैरन्यायिक कार्य गर्नेहरूविरुद्ध सरकारले शान्ति सुरक्षाको लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न पनि युनियनले आग्रह गरेको छ। त्यसक्रममा युनियनले ज्ञापनपत्र बुझाएको थियो।
युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लामा राष्ट्रसेवकमाथि भएका गैरन्यायिक घटनाहरूका दोषीलाई कानुन अनुरुपको कारबाहीको माग गरिएको छ।
भेटमा गृहमन्त्री खाणले सरकार संविधान र कानुनको पालना गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाए। गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए।
‘सरकारको दायितत्व संविधान र कानुनको पालना हो,’ गृहमन्त्री खाणले भने ‘कानुनविपरीतका काम गर्नेलाई कारबाही हुन्छ। हामी अनुसन्धान गरिरहेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।