काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झन्डा देखाएको हो। मंगलबार सभामुख सापकोटा सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाइएको हो।
अनेरास्ववियुले स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गर्दै सरकार विरुद्ध देशैभर प्रदर्शन गरिरहेको छ। सोही क्रममा सभामुखलाई पनि नाराबाजीसहित कालो झन्डा देखाएको हो। उनीहरुलाई प्रहरीले हस्तक्षप गरेको थियो।
नेकपा एमाले विभाजनमा सभामुख सापकोटाको पनि भूमिका रहेको भन्दै एमाले आक्रोशित छ। उसले सभामुखको राजीनामा माग गरिरहेको छ। साथै गत भदौ देखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ।
अनेरास्ववियुका कार्यकर्ताले मंगलबार बिहान पुल्चोकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि कालो झन्डा देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।