• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करका एजेन्ट नै लुटेरा बनेपछि भरिया अपहरणमा परेको प्रहरी निष्कर्ष!

भरिया अपहरण गरेर तस्करलाई विश्वासमा लिई सुन पचाउने प्रपञ्च
64x64
नारायण अधिकारी मंगलबार, माघ १८, २०७८  १३:०९
1140x725
रामेश्वर रामको अपहरण गरेको आरोपमा पक्राउ परेकाहरू।

काठमाडौं– सुन तस्करका एजेन्टले नै दोहोरो भूमिका खेलेपछि भरिया रामेश्वर राम अपहरणमा परेको प्रहरी अनुसन्धानले देखाएको छ। सिरहाको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय राम अपहरणमा परेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको बयान र प्रहरी अनुसन्धानले सुन तस्करका एजेन्टले नै दोहोरो भूमिका खेल्दा राम अपहरणमा परेको देखाएको हो।

दुबईबाट गत असोज ६ गते काठमाडौंमा आएका उनी अपहरणमा परेका थिए। अपहरणमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पुस ३० र माघ २ गते तीन जना (काठमाडौं, तारकेश्वर नगरपालिका–८, जरङ्खुका ३२ वर्षीय संजोग राई, सोही ठाउँका ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय गोकुल घिमिरे)लाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। 

उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ परेका तीन जनामध्ये एक जना सुन तस्करका एजेन्ट भएको र उनकै योजनाअनुसार सुन लुटिएको बहाना बनाई रामलाई अपहरण गरेको खुलेको छ। 

परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘पक्राउ परेका तीन जनामध्ये एक जना सुन तस्करका एजेन्ट भएको पाइएको छ। ती एजेन्टको काम दुबईबाट तस्करले पठाएको सुन रिसिभ गर्ने थियो। तर, उनले सुन लिन अर्कै मान्छेलाई पठाएर सुन लिएको र पछि आफू सुन धनी भएको भन्दै सुन खोई भन्दै रामको अपहरण गरेको खुलेको छ।’

यो पनि पढ्नुहोस्

अर्को सुनकाण्डमा ‘सनम शाक्य’ हुनबाट जोगिएका रामेश्वर राम, दुई तला माथिबाट हाम्फालेर जोगाए ज्यानशुक्रबार, माघ ७, २०७८

दुबईबाट पठाएको सुन अर्कैले लुटेर लगेको र आफूले सुन रिसिभ गर्न नपाएको बताएर उक्त सुन आफ्नो पार्ने उद्देश्यले अपहरणसम्मको घटना रचिएको अनुसन्धान अधिकारी बताउँछन्।

‘सुन यति नै थियो भन्ने अहिलेसम्म यकिन भएको छैन। तर, अपहरणमा परेका भनिएका व्यक्तिको बयान अनुसार करिब १ किलोसम्म सुन थियो भन्ने बुझिएको छ। एक किलो सुन पचाउनकै लागि रिसिभ गर्नुपर्ने व्यक्तिले सुन लुटिएको घटना बनाई भरियाको अपहरण गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल लाइभसँग भने। सुनको घोल (लिक्वीड) बनाएर ल्याएको खुलेको छ।

सुन र मेरो फोटो देखाएकाले सुन दिएको हुँ– राम
अपहरणमा परेका राम दुबईमा काम नपाएर घर फर्कने सुरुमा थिए। उनी समस्यामा परेको थाहा पाएपछि सुन तस्करको समूहले नै उनीसँग सम्पर्क बढाएर उद्दार गरेर नेपालसमेत पठाउने बताएको थियो। तर, तस्करको योजना भने रामलाई थाहा नभएको प्रहरी अधिकारी बताउँछन्।

सुन तस्करले उनको दुबईबाट काठमाडौंसम्मको टिकट काटिदिएका थिए। त्यसपछि सुन तस्करले आफ्नो एउटा सामान काठमाडौं लगिदिनुपर्ने र सामान लिन आफूले मान्छे पठाउने बताएपछि राम राजी भएर उक्त सामान लिएर आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई सुन भन्ने नै थाहा थिए। एउटा महँगो सामान छ। हराउन, लुटिन सक्छ लुकाएर लैजानु भनेकाले अन्डरवेयरमा राखेर सामान ल्याएको थिएँ’, रामले प्रहरीसमक्ष बयान दिएका छन्, ‘एयरपोर्टबाट जाँच पास भएपछि बाहिर निस्कने बित्तिकै एक व्यक्तिले मेरो र सामानको फोटो देखाएर सामान लिन आएको बताए। उनैले बल्खुस्थित कन्चनजंघा होटलमा पुर्‍याएर सामान लगे। उनले सामान लिने बेला खोलेर हेर्दा बल्ल सुन भएको थाहा पाएँ।’

प्रहरी स्रोतका अनुसार उनी त्यसबेला अर्धचेत अवस्थामा भएको पाइएको छ। उनलाई कसरी अर्धचेत बनाइयो वा उनले मदिरा सेवन गरेकाले अर्धचेत थिए भन्ने खुलिसकेको छैन।

सुन दिएलगत्तै अपहरण, मोटरसाइकलमा हालेर पुर्‍याइयो ठमेल
रामले ती व्यक्तिलाई सुन दिएलगत्तै उनी अपहरणमा परेको पाइएको छ। दुबईबाट तस्करले पठाएको सुन रिसिभ गर्ने जिम्मा पाएका व्यक्ति नै ८/९ जना युवा लिएर होटल कन्चनजंघा पुगेर रामलाई अपहरण गरेको पाइएको हो। उनीहरुले पनि सुन र भरियाको फोटो देखाएर 'खोई हम्रो सुन?' भन्दै रामसँग सुन मागेका थिए।

तर, रामले सबै घटना बताएपछि हाल पक्राउ परको अपहरणकारीहरुले मोटरसाइकलमा हालेर ठमेल पुर्‍याएर होटल प्लेजरमा बन्धक बनाइएको खुलेको हो। उनीहरुले त्यहाँ रामलाई चरम यातना समेत दिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउमंगलबार, माघ ४, २०७८

उक्त होटलमा बन्धक बनाएर उनीहरुले बाँध्दै, कुट्दै सुन खोई भन्दै यातना दिएका थिए। शरीरभरी निलडाम हुनेगरी कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिनेसम्मका काम अपहरणकारीले गरेका थिए। चुरोटको ठुटोले पोलेर अपहरणकारीले सुन भरिया रामलाई यातना दिएको प्रहरीले जनाएको छ।

चरम यातना दिँदा पनि सुन नभेटिएपछि उनलाई कोठामै थुनेर अपहरणकारीको समूह बाहिरिएको थियो। त्यसपछि उनले उक्त होटलको दुई तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए। 

‘सुन हराएपछि रामलाई यातना दिएको जानकारी दुबईमा रहेका सुन तस्करलाई समेत दिएपछि उनले विश्वास गर्ने र त्यसपछि पूर्वयोजना अनुसार अर्कै व्यक्ति पठाएर रामबाट लिइएको सुन पचाउने उद्देश्य अपहरणकारीको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्