• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करका एजेन्ट नै लुटेरा बनेपछि भरिया अपहरणमा परेको प्रहरी निष्कर्ष!

भरिया अपहरण गरेर तस्करलाई विश्वासमा लिई सुन पचाउने प्रपञ्च
64x64
नारायण अधिकारी मंगलबार, माघ १८, २०७८  १३:०९
1140x725
रामेश्वर रामको अपहरण गरेको आरोपमा पक्राउ परेकाहरू।

काठमाडौं– सुन तस्करका एजेन्टले नै दोहोरो भूमिका खेलेपछि भरिया रामेश्वर राम अपहरणमा परेको प्रहरी अनुसन्धानले देखाएको छ। सिरहाको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय राम अपहरणमा परेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको बयान र प्रहरी अनुसन्धानले सुन तस्करका एजेन्टले नै दोहोरो भूमिका खेल्दा राम अपहरणमा परेको देखाएको हो।

दुबईबाट गत असोज ६ गते काठमाडौंमा आएका उनी अपहरणमा परेका थिए। अपहरणमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पुस ३० र माघ २ गते तीन जना (काठमाडौं, तारकेश्वर नगरपालिका–८, जरङ्खुका ३२ वर्षीय संजोग राई, सोही ठाउँका ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय गोकुल घिमिरे)लाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। 

उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ परेका तीन जनामध्ये एक जना सुन तस्करका एजेन्ट भएको र उनकै योजनाअनुसार सुन लुटिएको बहाना बनाई रामलाई अपहरण गरेको खुलेको छ। 

परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘पक्राउ परेका तीन जनामध्ये एक जना सुन तस्करका एजेन्ट भएको पाइएको छ। ती एजेन्टको काम दुबईबाट तस्करले पठाएको सुन रिसिभ गर्ने थियो। तर, उनले सुन लिन अर्कै मान्छेलाई पठाएर सुन लिएको र पछि आफू सुन धनी भएको भन्दै सुन खोई भन्दै रामको अपहरण गरेको खुलेको छ।’

यो पनि पढ्नुहोस्

अर्को सुनकाण्डमा ‘सनम शाक्य’ हुनबाट जोगिएका रामेश्वर राम, दुई तला माथिबाट हाम्फालेर जोगाए ज्यानशुक्रबार, माघ ७, २०७८

दुबईबाट पठाएको सुन अर्कैले लुटेर लगेको र आफूले सुन रिसिभ गर्न नपाएको बताएर उक्त सुन आफ्नो पार्ने उद्देश्यले अपहरणसम्मको घटना रचिएको अनुसन्धान अधिकारी बताउँछन्।

‘सुन यति नै थियो भन्ने अहिलेसम्म यकिन भएको छैन। तर, अपहरणमा परेका भनिएका व्यक्तिको बयान अनुसार करिब १ किलोसम्म सुन थियो भन्ने बुझिएको छ। एक किलो सुन पचाउनकै लागि रिसिभ गर्नुपर्ने व्यक्तिले सुन लुटिएको घटना बनाई भरियाको अपहरण गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल लाइभसँग भने। सुनको घोल (लिक्वीड) बनाएर ल्याएको खुलेको छ।

सुन र मेरो फोटो देखाएकाले सुन दिएको हुँ– राम
अपहरणमा परेका राम दुबईमा काम नपाएर घर फर्कने सुरुमा थिए। उनी समस्यामा परेको थाहा पाएपछि सुन तस्करको समूहले नै उनीसँग सम्पर्क बढाएर उद्दार गरेर नेपालसमेत पठाउने बताएको थियो। तर, तस्करको योजना भने रामलाई थाहा नभएको प्रहरी अधिकारी बताउँछन्।

सुन तस्करले उनको दुबईबाट काठमाडौंसम्मको टिकट काटिदिएका थिए। त्यसपछि सुन तस्करले आफ्नो एउटा सामान काठमाडौं लगिदिनुपर्ने र सामान लिन आफूले मान्छे पठाउने बताएपछि राम राजी भएर उक्त सामान लिएर आएका थिए।

Ncell 2
Ncell 2

‘मलाई सुन भन्ने नै थाहा थिए। एउटा महँगो सामान छ। हराउन, लुटिन सक्छ लुकाएर लैजानु भनेकाले अन्डरवेयरमा राखेर सामान ल्याएको थिएँ’, रामले प्रहरीसमक्ष बयान दिएका छन्, ‘एयरपोर्टबाट जाँच पास भएपछि बाहिर निस्कने बित्तिकै एक व्यक्तिले मेरो र सामानको फोटो देखाएर सामान लिन आएको बताए। उनैले बल्खुस्थित कन्चनजंघा होटलमा पुर्‍याएर सामान लगे। उनले सामान लिने बेला खोलेर हेर्दा बल्ल सुन भएको थाहा पाएँ।’

प्रहरी स्रोतका अनुसार उनी त्यसबेला अर्धचेत अवस्थामा भएको पाइएको छ। उनलाई कसरी अर्धचेत बनाइयो वा उनले मदिरा सेवन गरेकाले अर्धचेत थिए भन्ने खुलिसकेको छैन।

सुन दिएलगत्तै अपहरण, मोटरसाइकलमा हालेर पुर्‍याइयो ठमेल
रामले ती व्यक्तिलाई सुन दिएलगत्तै उनी अपहरणमा परेको पाइएको छ। दुबईबाट तस्करले पठाएको सुन रिसिभ गर्ने जिम्मा पाएका व्यक्ति नै ८/९ जना युवा लिएर होटल कन्चनजंघा पुगेर रामलाई अपहरण गरेको पाइएको हो। उनीहरुले पनि सुन र भरियाको फोटो देखाएर 'खोई हम्रो सुन?' भन्दै रामसँग सुन मागेका थिए।

तर, रामले सबै घटना बताएपछि हाल पक्राउ परको अपहरणकारीहरुले मोटरसाइकलमा हालेर ठमेल पुर्‍याएर होटल प्लेजरमा बन्धक बनाइएको खुलेको हो। उनीहरुले त्यहाँ रामलाई चरम यातना समेत दिएका थिए। 

यो पनि पढ्नुहोस्

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउमंगलबार, माघ ४, २०७८

उक्त होटलमा बन्धक बनाएर उनीहरुले बाँध्दै, कुट्दै सुन खोई भन्दै यातना दिएका थिए। शरीरभरी निलडाम हुनेगरी कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिनेसम्मका काम अपहरणकारीले गरेका थिए। चुरोटको ठुटोले पोलेर अपहरणकारीले सुन भरिया रामलाई यातना दिएको प्रहरीले जनाएको छ।

चरम यातना दिँदा पनि सुन नभेटिएपछि उनलाई कोठामै थुनेर अपहरणकारीको समूह बाहिरिएको थियो। त्यसपछि उनले उक्त होटलको दुई तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए। 

‘सुन हराएपछि रामलाई यातना दिएको जानकारी दुबईमा रहेका सुन तस्करलाई समेत दिएपछि उनले विश्वास गर्ने र त्यसपछि पूर्वयोजना अनुसार अर्कै व्यक्ति पठाएर रामबाट लिइएको सुन पचाउने उद्देश्य अपहरणकारीको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्