• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अर्को सुनकाण्डमा ‘सनम शाक्य’ हुनबाट जोगिएका रामेश्वर राम, दुई तला माथिबाट हाम्फालेर जोगाए ज्यान

64x64
नारायण अधिकारी शुक्रबार, माघ ७, २०७८  १७:०९
1140x725
रामेश्वर रामलाई अपहरण गरि बन्धक बनाएको आरोपमा पक्राउ परेकाहरू।

काठमाडौं– दुबईबाट ल्याएको सुन गायब बनाएको भन्दै सुन तस्करीमा संलग्न समूहले एक व्यक्तिलाई अपहरण गरी काठमाडौंमै चरम यातना दिएको खुलेको छ। दुबईबाट ल्याइएको सुन लुट्न गएको समूहले सुन नभेटेपछि ती व्यक्तिलाई अपहरण गरेर काठमाडौंकै एक होटलबाट अपहरण गरेर अर्को होटलमा राखेको र त्यसक्रममा चरम यातना दिएको खुलेको हो। 

अपहरणकारी पक्राउको मात्रै जानकारी गराएको प्रहरीले अपहरणको कारणबारे भने अहिलेसम्म सार्वजनिक गरेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले पनि यस घटनामा दुबईबाट आएको सुन जोडिएको पुष्टि गरे। 

के थियो घटना?
सिरहाको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय रामेश्वर राम गत असोज ६ गते दुबईबाट नेपाल फर्किएका थिए। वैदेशिक रोजगारबाट फर्किएका उनले साथमा सुन पनि ल्याएर आएका थिए। स्रोत भन्छ, ‘उनलाई तस्करको समूहले दुबईबाट टिकट नै काटिदिएर सुन बोकाएर पठाएका थिए। उक्त सुन काठमाडौंमै रहेका एक व्यक्तिलाई दिनुपर्ने जिम्मा रामलाई दिइएको थियो।’

पूर्वयोजनाअनुसार उनी त्रिभुवन विमानस्थलमा उत्रिएपछि बल्खुस्थित होटल कञ्चनजंघामा गएर बसेका थिए। उनले दुबईबाट ल्याएको सुन काठमाडौंका एक व्यक्तिले रिसिभ गरे। यो सुनको परिमाण भने खुलेको छैन।

तर, रामले दुबईबाट सुन लिएर आउँदैछन् भन्ने हाल पक्राउ परेका (काठमाडौं, तारकेश्वर नगरपालिका–८, जरङ्खुका ३२ वर्षीय संजोग राई, सोही ठाउँका ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय गोकुल घिमिरे) लगायत ९ जनाको समूहलाई थाहा थियो। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउमंगलबार, माघ ४, २०७८

त्यसपछि उनीहरुले उक्त सुन लुट्ने योजना बनाएका थिए। सोही अनुसार उनीहरु राम बसेको होटल कन्चनजंघा पुगेका थिए। तर, सुन उनीहरु पुग्नु पहिल्यै अर्कै व्यक्तिले लगिसकेकाले उनीहरुले लुट्न पाएनन्। त्यो समूहले भने रामले सुन लुकाएर आफूहरुलाई ढाँटेको भन्दै उक्त होटलबाट अपहरण गरेको थियो। 

दुई तलाबाट हाम्फालेर अपहरणमुक्त
प्रहरीका अनुसार ९ जनाको अपहरणकारी समूहले उनलाई होटल कन्चनजंघाबाट ठमेलस्थित होटल प्लेजर होलमा लगेर बन्धक बनाएको थियो। विमानस्थलबाट बाहिरिएको करिब एक घण्टामै उनी अपहरणमा परेका थिए। उक्त होटलमा बन्धक बनाएर उनीहरुले बाँध्दै, कुट्दै सुन खोई भन्दै यातना दिएको पाइएको छ। शरीरभरी निलडाम हुनेगरी कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिनेसम्मका काम अपहरणकारीले गरेका थिए। 

चुरोटको ठुटोले पोल्नेसम्मका यातना अपहरणकारीले सुन भरिया रामलाई दिएको प्रहरीले जनाएको छ। चरम यातना दिँदा पनि सुन नभेटिएपछि उनलाई कोठामै थुनेर अपहरणकारीको समूह बाहिरिएको थियो। त्यसपछि उनले उक्त होटलको दुई तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए। प्रहरी स्रोत भन्छ, ‘गोरेकै शैलीमा सनम शाक्यलाई यातना दिएजसरी यातना दिइएको थियो। हाम्फालेर भाग्न सफल नभएको भए रामको पनि शाक्यकै जस्तो स्थिति हुने सम्भावना थियो।’

२०७४ माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएसँगै तस्करीको साढे ३३ किलो सुन गायव भएपछि सनम शाक्यलाई चुडामणि उप्रेती (गोरे)को समूहले अपहरण गरी चरम यातना दिएर हत्या गरेको थियो। रामेश्वर राम अर्को सनम शाक्य हुनबाट जोगिएको यो घटनाले देखाउँछ।

सिसीटिभीमार्फत अपहरणकारीको पहिचान 
उक्त घटनाका पीडित अपहरणमुक्त भएपछि सिरहास्थित आफ्नो घर गएका थिए। उनले प्रहरीमा जाहेरी दिएका थिएनन्। तर, अन्य स्रोतबाटै दुबईबाट आएको सुन लुट्न योजना बनाएको समूहले एक व्यक्तिलाई होटल प्लेजरमा राखेर अपहरण गरी यातना दिएको भन्ने जानकारी आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको थियो। होटलको सिसीटिभी फुटेजमा समेत अहपरण गरी बन्धक बनाएर चरम यातना दिएको दृश्य देखिएपछि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको थियो। 

उता पीडित भनिएका रामले भने अहपरणकारीलाई नचिनेको प्रहरीलाई बताएका थिए। सिसीटिभी फुटेजलगायतका आधारमा अपहरणकारीको पहिचान गरी प्रहरीले तीन जनालाई चार महिनापछि पक्राउ गरेको हो। 

राई र अर्याललाई पुस ३० गते जरङ्खुबाट र घिमिरेलाई माघ २ गते बसन्तनगरबाट पक्राउ गरिएको हो। उनीहरुको पुष्ठभूमि नै आपराधिक रहेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्