काठमाडौं– सरकारले भोलि, बुधबार सार्वजनिक बिदा दिने भएको छ।
सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।