काठमाडौं- अदालतको सेवा संकुचनबारे छलफल गर्न प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। राणाले मंगलबार दिउँसोका लागि फुलकोर्ट बोलाएका हुन्।
कोरोना संक्रमण बढ्दै गएपछि यसअघि आजसम्मका लागि बन्दीप्रत्यक्षीकरण र जरुरी निवेदनमात्र सुनुवाई गर्ने निर्णय गरेको थियो।
आजको बैठकमा कोरानाको घट्दो क्रम रहेकाले सेवा कटौती बढाउने वा नबढाउने विषयमा छलफल हुने जाइएको छ। न्यायाधीशहरुको सुझाव अनुसार फुलकोर्टले निर्णय लिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।