काठमाडौं– तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने मागसहित नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेको छ।
बिहानै पुल्चोकमा भेला भएर अनेरास्ववियुका कार्यकर्ताले स्थानीय तहको चुनाव समयमे गर्र्न खवरदारी गरेका हुन्। सहभागीले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन जस्ता नारा लगाएका थिए।
प्रदर्शनकारीहरुले निवासबाट बाहिरिँदै गरेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डासमेत देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।