काठमाडौं- मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गरेको छ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्राडा मनप्रसाद वाग्ले र प्राडा इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।
बज्राचार्य विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन्। यसअघि सुदुरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन्।
नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन्। उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुखसमेत हुन्।
त्रिभुवन विश्वविद्यालयको प्राध्यापक उनले त्रिविबाटै व्यवस्थापन संकायमा विद्यावारिधि गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।