काठमाडौं– अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको विशिष्ठ श्रेणीको पद (सचिव)मा बढुवाका लागि ३ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)को नाम सिफारिस गरेको थियो।
समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका दंगाललाई सचिवमा बढुवा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।