काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) पास गराउने वर्तमान सरकारको जनादेश नभएको बताएका छन्।
पाँच दलीय गठबन्धनका नेताहरुबीच एमसीसी सम्झौता पास गराउने सहमति भएको समाचारहरु बाहिरएको भन्दै नेता रावलले सोमबार प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति-पत्र सार्वजनिक गर्दै सम्झौतालाई संसदबाट अनुमोदन गर्ने खेल भइरहेको दाबी गरेका छन्।
वर्तमान सरकार संविधान र लोकतन्त्रका लागि गठन भएको भन्दै नेता रावलले यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी भएको तर्क गरेका छन्। 'यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी हो। यसबाहेक एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने जनादेश र गठबन्धन सरकारको साझा सहमति सरकारलाई प्राप्त छैन।'
उनले प्रधानमन्त्री विदेशी शक्तिको अगाडी झुकेको भन्दै भनेका छन्, 'तपाईं विदेशी दबाबका सामु लत्रेर त्यही शक्तिको स्वार्थ साधना गर्न एमसीसीसँगको सम्झौता अनुमोदन गर्न तयार हुने तर देशव्यापी रुपमा नेपाली जनताले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उठाएको आवाज सुन्न तयार नहुने कुरा उचित हो र?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।