काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ।
सोमबार केन्द्रीय कार्यालल थापाथलीमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको हो। महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ।
बैठकमा पछिल्लो राजनीतिक घटना, आगमी स्थानीय चुनाव, पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।