• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

जात व्यवस्था र पितृसत्ताविरुद्ध जागेको कलम

64x64
धनु विश्वकर्मा शनिबार, माघ ८, २०७८  १८:०५
1140x725

सामाजिक सञ्जालमा ‘छोइडुम’ कविता पढेको निकै लामै समय भएछ। गजबको कविता। निकै धेरै पटक पढेको थिएँ। संभवतः कवि केवल बिनाबीलाई पहिलो पटक यही कविताले चिनाएको हुनुपर्छ।

यही कविताबाट विस्तारित हुँदै आएर उनी अहिले ‘यादहरूको सङ्ग्रहालय’ कृतिका सर्जक बनेका छन्।

उनका कविताको चर्चाअघि उनको स्वीकारोक्तिको एउटा वाक्य, जसले उनको जीवन बताउँछ। उनले भनेका छन्, ‘न म बस्तीको भएँ, न म शहरको नै हुनसकेँ। यहीबीचकै समिश्रण हुन् मेरा कविता।’ छोइडुम कविता पनि उनले भनेजस्तै गाउँको पनि हुन नसकेको र शहरले पनि नस्वीकारेको पीडा हो। यसमा तीन पुस्ताको पीडा बोलेको छ। बझाङको गाउँको आवाज बोलेको छ।

वास्तवमा कवि बिनाबी सडकका कवि हुन्। सडक–सडक कविता भन्दै हिँड्ने उन्मुक्त पुस्तासँग जोडिएका कवि हुन्। उनका कवितामा पनि शोषण, अत्याचार र विभेदविरुद्धको आवाज पाइन्छ।  

उनको शीर्ष कविता यादहरूको संग्रहालयले धेरै बहस जन्माएको छ। कतिपयले यसलाई ‘घृणा फैलाउने कविता’को आरोप पनि लगाएका छन्। तर, यो कविता समाजको ऐना हो। जब एउटा सिंगो समुदाय नै घृणा सहेर बसेको छ भने उसले लेख्ने कविता यस्तै हुन्छ। यो कविता परम्परागत र विभेदकारी सोचविरुद्धको विद्रोह हो।

सुदूरपश्चिमको पहाड, जहाँ उनी जन्मिए, त्यहाँ अझै पनि चर्को विभेद छ। जात व्यवस्था छ। त्यहीँबाट उठेर आएका कविले काठमाडौं शहरमा पनि विभेद भोगेका छन्। अनि त, विद्रोहका कविता जन्मिने नै भए।

मेरो हातमा पहिलो पटक कवितासंग्रह ‘यादहरूको सङ्ग्रहालय’ पर्दा अनौठो लाग्यो। शीर्षक नै अनौठो। तर, यसका शब्दले ताने। वास्तवमा कवि बिनाबी शब्दका खेलाडी हुन्। तर, यो खेल मजाकको लागि होइन। समाजका पिँधमा रहेर बाँचिरहेका प्रतिनिधि पात्र उनका कवितामा बग्रेल्ती भेटिन्छन्।

छोइडुम खेल खेल्नेका लागि त मजाकको विषय होला। तर, यसको समाजशास्त्र निकै खतरनाक छ। छोइडुम त्यस्तो खेल हो, जसले छूत र अछुतबीच भौतिक र सामाजिक दूरी कायम राख्न सिकाउँछ।

nimb
nimb

उनका कवितामा सुदूरपश्चिमका बिम्बहरू धेरै भेट्न सकिन्छ। वादी समुदायको आत्मवेदना छ। डिक्रा वदिनीको संघर्षको कथा छ। दमाहा बजाउँदा बजाउँदै आफैँ दबिएको बिम्ब छ। श्वास फेर्न कठिन समयमा पनि अरुहरूको मनोरञ्जनका लागि फुकिरहेको श्वासको धुन छ उनको कवितामा।

काव्यिक आन्दोलनपूर्व उनी सक्रिय राजनितिमा पनि लागेका थिए। तर उनलाई ‘नेताले धेरै पाए, जनताले के पाए?’ भन्ने प्रश्नले मनमा गहिरो चोट दियो। चोटले बोध गरायो, बोधले पत्ता लगायो समस्याको जड। जड अर्थात् सनातनी समाजमा विद्यमान रहेको क्रूर जातिगत व्यवस्था। उनका लागि यही व्यवस्था भत्काउने एउटा हतियार हुन् कविता। उनले कविताद्धारा चेतनाको विगुल फुक्न थालेका छन्।

कतिपय लेखकले छाउपडी प्रथाबारे बुझ्दै नबुझी ‘बौद्धिकता’ छाँटेका छन्। कतिपयले वादी समुदायको पीडा कोट्याएर नकारात्मक चित्रण गरेका छन्। डिक्रा वदिनीजस्ता सर्जकहरु जन्मिएको समुदायको ‘मजाक उडाएको’ भनेर सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ विवादमा फस्यो। कतिपयका कलमका डोबले कर्णालीको नुन बेचे, कतिपयले भोक र रोग बेचे। आखिर, त्यही ठाउँबाट उठेको लेखकको प्रस्तुति पक्कै फरक हुने भयो। त्यही फरकपन छन् केवलका कवितामा।

मलाई पुस्तकको नामसँग नजिक हुन धेरै समय लाग्यो। पुस्तकको नामबाट उनको बाल्यकालका यादहरु होलान् भन्ने अनुमान थियो। पहिलो कविता ‘फेरि एक आँधी’ पढ्ने बित्तिकै यो कृति र कविता त सदियौँदेखिको जात व्यवस्थाको जालो विरुद्ध रहेछ भन्ने थाहा पाएँ। यी कविता पृतिसत्ताविरुद्धका आवाज हुन्। ढोंगी समाज र सत्ताविरुद्धका विष्फोट हुन्।
ढल्कँदै जाँदा बालापन
सोध्ने गर्थेँ म—
बा!
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत
खित्का छाडी छाडी
हाँस्छन् साथीहरु?
(कविता छोईडुम)

यो सशक्त कविताको पंक्ति उल्लेख नगरे पक्कै यो आलेख पूरा हुँदैन। के यी पंक्ति पढिरहँदा तपाईंको दिमाग हल्लिएन?

यी कविता पढिरहँदा आफूले पछ्याएको बाटोमा हिँड्ने सारथी मिलेको आभाष दिलाउँछ, हौस्याउँछ। किनकि, विनावीका अधिकांश कविताले जातीय छुवाछुतविरुद्ध बोलेका छन्। यहाँ यादहरूको संग्राहलय कविता उल्लेख नगरे पक्कै उनको कविताको मूल्यांकन हुन सक्दैन।
सक्छौ भने उठाऊ
मेरै आफरमा अर्जापेका औजारहरु
र भत्काऊ
मेरा यादहरुको सङ्गग्रहालय।
(यादहरूको सङ्ग्रहालय)

यी हरफले साँचै समाजको अर्थात चित्रण गर्छन्। सदियौदेखि जात व्यवस्था र पृतिसत्ताले जरा गाडेको छ। एकले अर्कोलाई मान्छे सरह नदेख्ने, मान्छेमा नगन्ने, महिलालाई मानवको दर्जामा नराख्ने, मधेसीलाई अनागरिक ठान्ने प्रवृत्तिविरुद्ध अब यसरी नै बोल्नुपर्छ।

अहिले माघ महिना चल्दैछ। यति बेला विवाहको चहलपहल बढ्छ। ‘कन्यादान’ कविताले भने जस्तै महिलालाई विभेदको घुम्टो ओडाएर पिताको विभेदबाट पतिको शरणमा घिच्याउने मौसम हो यो।
जीवनको यो बीसौँ वसन्तमा उभिएकी
म कान्ता कुमारी
कुमारी रहनै सकिनँ
कन्या त झन् हुँदै होइन
भन्नुस् बा
अब कसरी गर्नुहुन्छ
मेरो कन्यादान?
(कन्यादान)

‘पाले पुण्य, मरे पाप’ भनेर महिलाको बजारीकरण गर्ने परम्पराविरुद्ध यो सशक्त कविता हो। विवाहमा गोत्र र थर परिवर्तन गरिदिने, तर सम्बन्धविच्छेद हुँदा गोत्र फिर्ता गर्न नसक्ने संस्कार महिला विरोधी छ। महिलाको गन्त्व्य पुरुषमा निहित गर्ने समाजमा किन पतिलाई ‘परमेश्वर’ मान्ने। कविले गरेको प्रश्न हामी सबैको हो।

कतै कुनै कवितामा भने कवि पुरातन विषयमा पनि अल्झिएका छन्। हे! कवि यो महाभारत वा रामायणकालीन समय होइन, जहाँ प्रश्नोत्तर नगर्नाले पानी पिउँदैमा चार पाण्डुपुत्रको निधन होस् र युधिष्ठिरले उत्तर दिँदा चार पाण्डव जीवित हुने चमत्कार लेखियोस्। त्यसैले नवराज विकहरूलाई न्याय दिन एकल जातीय व्यवस्थाको अन्त्य हुनैपर्छ।

जातले समाजमा रोक लगाएको छ। सत्तामा रोक लगाएको छ। जातले प्रेममा रोक लगाउँछ।  जातले जताततै रोक लगाउँछ। समाजका साधनस्रोतहरूका बाडफाँड जातका आधारमा गर्छ।

त्यसैले केवलका कविताले सुदूरको जातीय विभेदमाथि प्रश्न गरेको छ। कवि केवल बिनाबी प्रश्न गर्नकै लागि पनि सुदूरका बिम्बहरूमा खेलेका छन्।

सुदूरपश्चिमको अर्को पनि नियमितता छ। रोजगारीका क्रममा पूरै परिवार भारतका गल्ली पस्ने मौसम सुरु भएको छ। बयलगाढा चढ्दै गड्डाचौकी सीमा पार गर्नेको लस्कर राज्यले देख्छ कि देख्दैन?

उसो त ‘राष्ट्रवादी’हरू माटोको चन्दन लगाउँछन्। तर, यो माटोमा कहिल्यै आत्मनिर्भर हुनसक्ने गरी अन्न फलेन। अनि यहाँका युवालाई कहिले भारत, कहिले खाडी र कहिले कोरिया धपाइरह्यो। पाखुरा बजारेर मुस्किलले उमारेको अन्नमाथि पनि अर्कैको आदेश चल्छ। अन्न किन्न सदरमुकाममा लाइन बस्नुपर्छ। शहरमा नुन पसलमा पाइन्छ, तर गाउँमा साल्ट ट्रेडिङको घरमा पाइन्छ। यहीँ त छ विभेद।

‘शुद्र शम्बुक’ शीर्षकको कवितामा मेरो विमती छ, प्रिय कवि! समाज बुझ्न हामीलाई कुनै किवंदन्ती चाहिँदैन। राणाकालमा वनारस गएर वेद, उपनिषद्, भागवत गीता पाठ गर्ने  सर्वजित विश्वकर्मा अहिले कहाँ छन्? चितवनमा मारिएका भिमबहादुरहरु वैज्ञानिक युगका शम्बुक हुन् कवि।

दलित समुदायसँग कुनै भगवान छैनन्। ब्रह्मा, विष्णु र महेश्वरसँग ‘गोरु बेचेको साइनो’ पनि छैन। मलामी जाँदा ‘राम नाम सत्य हो’ भन्ने वाक्य मेरो समुदायले भनेको सुनेको छैन। कतै घरमा ‘माणु’ देवताबाहेक कुनै ‘सेलेब्रिटी’ भगवानको तस्बिर छैन। सुदूरपश्चिममा ‘मष्टो देवता’ मान्छन्। देवता पनि जातका आधारमा विभाजित छन्, मष्टो, कुनाकीज्यू, वायु, वनदेवी, घटाला, कुइयामुणो आदि। अनि हामीले उनीहरूका देवता किन मानिदिने?

कुनै दिन मन्दिरमा माटो पोतेका मेरा बा र मूर्ति कुँदेका काका अहिले आस्तिक छैनन्। त्यसैले मलाई सबै उत्पीडित वर्ग भौतिकवादी हुन् भन्ने लाग्छ।

अर्को मेरो विमती रहेको कविता हो ‘महारानीको भट्टीपसल।’ के महिलालाई चिनाउने बिम्ब उसको नाङ्गो शरीर हो? अनि कोही अपवादको पात्रलाई ल्याएर सामान्नीकरण गर्न सकिन्छ? कति महिला महारानीको रूपमा भट्टी चलाएका होलान्। के एकल महिलाको रूपमा ‘महारानी’ हुन सकिन्छ? प्रश्नहरू जन्मनु स्वभाविक छ।
मान्छेको लासैलास माथि
ठडिनेछन् कोराना मैयाँका
भव्य मन्दिरहरु
(देउता जन्माउने देश)

कविले कोरोनालाई पनि महिला र पुरुषका चस्माबाट हेर्नु जायज होइन। के यो ‘कोरोना मैयाँ’ नभनेर पुरुषको रूपमा सम्बोधन हुँदैन थियो? यहाँ भने कतै अन्तरमा लुकेको कविभित्रको पितृसत्ता बोलेको हुनसक्छ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा आइतबार, भदौ १४, २०८३
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ आइतबार, भदौ १४, २०८३
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारसँगै क्षति व्यवस्थापनको तयारी, हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्