काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच आधा घन्टा छलफल भएकाे थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।
संसद बैठक स्थगित गरी प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अहिले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।