• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय निर्वाचनबारे संविधान र कानुनमै दुई थरी व्यवस्था,यसरी भइरहेछ आफूअनुकूल व्याख्या

64x64
दुर्गा दुलाल बुधबार, माघ ५, २०७८  २०:५५
1140x725

काठमाडौं– सत्ता गठबन्धनका दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको मंगलबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन 'संविधानअनुसार गर्ने' निर्णय गरेको छ। संविधान अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने छ। तर, स्थानीय निर्वाचनसम्बन्धी ऐन २०७३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्न सकिने उल्लेख छ।

संविधानले कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सकिने व्यवस्था नगरे पनि कानुनमा यस्तो उल्लेख भएपछि नयाँ निर्वाचनबारे अलमल भएको छ। तर, निर्वाचन आयोगले भने वैशाख २२ गतेभित्र निर्वाचन भइसक्नुपर्ने र जेठ ५ गते जनप्रतिनिधिहरु स्थानीय सरकार सञ्चालनका लागि आउनुपर्ने जनाएको छ।

आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ। आयोगले गएको ९ पुसमा नै मिति प्रस्ताव गरेको हो। तर, सरकारले कुनै निर्णय गरेको छैन। आयोगले स्थानीय निर्वाचनसम्बन्धी ऐनबमोजिम मिति प्रस्ताव गरेको जनाएको छ।

यता, गठबन्धन दलहरूको संयन्त्रले भने मंगलबार ‘संविधानअनुसार’ निर्वाचन गर्ने निर्णय गरेको छ। ‘समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कुरामा गठबन्धनका दलहरू एकमत छन्, संविधानमा जे व्यवस्था छ, त्यसैअनुसार हुन्छ,’ बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने। यस विषयमा थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने उनले जानकारी दिए। 

तर, स्थानीय निर्वाचनको मितिलाई लिएर सत्ता गठबन्धनका दलहरूबीच सहमति हुन सकेको छैन। स्थानीय तहमा कमजोर रहेका कारण माओवादी केन्द्र पहिला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन चाहन्छ। तल्लो तहसम्म संगठन बनाइनसकेको नेकपा एकीकृत समाजवादीको चाहना पनि यस्तै छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको आकलन पनि स्थानीय तहमा एमाले बलियो नै भएको भन्ने छ। केही दिनअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एमाले बलियो रहेको भन्दै आफ्ना कार्यकर्तालाई गाउँ गएर संगठन गर्न निर्देशन दिएका थिए। तर, उम्मेदवार बन्न चाहनेहरू धेरै हुने हुँदा आकांक्षीको व्यवस्थापन गर्न पनि पहिला स्थानीय निर्वाचन नगर्ने पक्षमा कांग्रेस छ।

यो पनि पढ्नुहोस्

वैशाखमा स्थानीय निर्वाचन : संविधान मिच्ने हतारो!

एमाले भने पार्टी विभाजनले कुनै असर नगरेको सन्देश दिन पहिला स्थानीय तहको निर्वाचन चाहन्छ। स्थानीय तहमा अझै आफ्नो पकड बलियो रहेको एमालेको आकलन छ। एमाले उपमहासचिव प्रदिप ज्ञवालीले नेपाल लाइभसँगको कुराकानीमा सरकार वैशाखमा निर्वाचन नगर्नेतिर उन्मुख भएको आरोप लगाएका थिए। उनले जेठभित्र संविधान र कानुन दुवैले स्थानीय तहमा प्रतिनिधि आउने कल्पना गरेको दाबी गरेका थिए। 

संविधानअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ। आयोगको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगमै सर्वदलीय बैठक राखेर पनि त्यसबारे दलहरूलार्ई अवगत गराएको छ। 
 
संविधानमा के व्यवस्था छ?
नेपालको संविधानको धारा २१५, २१६ र २२५ मा निर्वाचनसम्बन्धी व्यवस्था छ। संविधानको धारा २१५ मा गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षसम्बन्धी तथा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुखसम्बन्धी व्यवस्था छ। त्यस्तै, संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकालसम्बन्धी व्यवस्था छ। ‘गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ’, धारा २२५ मा भनिएको छ, ‘त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ।’ 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

वैशाखमा यसकारण असंवैधानिक हुन्छ स्थानीय निर्वाचन

संविधानले निर्वाचन भएको मितिले स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने स्पष्ट व्यवस्था गरेको छ। त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने हुन्छ। यसरी हेर्दा तीनै चरणमा निर्वाचन सम्पन्न भएको अवधिको ६ महिनाभित्र स्थानीय तहमा जनप्रतिनिधि आउनुपर्ने हुन्छ। संविधानअनुसार निर्वाचन गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीको चाहना पूरा हुनेछ।

संवैधानिक र कानुनी प्रावधान बाझिएकै हो?
स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, २०७३ को दफा ३ मा पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। संविधान र कानुनको यो व्यवस्था बाझिएको केही कानुनविदको दाबी छ। संविधानले पाँच वर्षको अवधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान राखेको हुनाले त्यसअघि नै गर्न नसकिने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन्। जनताले दिएको जनादेश सरकारले काट्न नसक्ने र यदि संविधानले तोकेको भन्दा अगावै निर्वाचन गरे जनताको सार्वभौमसत्ता निर्वाचन आयोग र सरकारमा हस्तान्तरण हुने उनको दाबी छ। निर्वाचन सम्बन्धी ऐन, २०७३ को दफा ३ को व्यवस्था संविधानसँग बाझिने पनि उनले दाबी गरे।

यो पनि पढ्नुहोस्

अरुको व्याख्या थाहा भएन, हामीले बुझेको वैशाख २२ भित्र स्थानीय निर्वाचन हुनैपर्छ

तर, वरिष्ठ अधिवक्ता विपिन अधिकारी र अधिवक्ता भिमार्जुन आचार्यले वैशाखमा निर्वाचन गर्दा कुनै असंवैधानिक कदम नहुने दाबी गरे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने संवैधानिक र असंवैधानिकको बहस नै गलत भएको बताए। ‘स्थानीय तह रिक्त हुने कल्पना संविधानमा छैन। रिक्त हुनुअघि नै जनप्रतिनिधिहरूले पदको सपथ गरेर काम थाल्नुपर्छ। मैले बुझेको संविधान र कानुन यही हो,’ उनले भने, ‘विगतमा तीन चरण गरी निर्वाचन सम्पन्न गरेको भए पनि अब त्यो एकै चरणमा सम्पन्न भएको मानिन्छ।’ 

निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन गर्न प्रस्ताव गरिसकेको छ। आयोगले प्रस्ताव गरेको वैशाख १४ गते निर्वाचन गर्दा तेस्रो चरणमा निर्वाचन भएका पालिकाका जनप्रतिनिधिहरूको कार्यकाल चार महिना १८ दिनअघि नै समाप्त हुन्छ। २०७४ सालमा पहिलो चरणको निर्वाचन वैशाख ३१ गते भएको थियो। यो निर्वाचनबाट निर्वाचित भएकाहरूको कार्यकाल आगामी वैशाख ३० मा सकिन्छ।

यो पनि पढ्नुहोस्

समयमै स्थानीय तह निर्वाचन नभए के हुन्छ? यी हुन् आयोगले औंल्याएका ९ प्रभाव

तर, दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको निर्वाचन असोज २ गते भएको थियो। वैशाखमै निर्वाचन भए दोस्रो चरणमा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि दुई महिनाअघि र तेस्रो चरणमा निर्वाचित भएकाको साढे चार महिनाअघि नै सकिन्छ। जबकि, स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। यसलाई सम्बोधन गर्न एकै चरणमा २०७९ असोज ३ देखि कात्तिक ३० गतेसम्ममा निर्वाचन गर्न सकिने वरिष्ठ अधिवक्ता ज्ञवालीको भनाइ छ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन रास्वपाकी उम्मेदवार विनिता कठायतले रवि लामिछाने र बालेन शाह मेरो साथी हुन्’ शाहीले भोट मागेको आरोप लगाएपछि उनले यस्तो बताएका हुन्। बिहीबार, माघ २२, २०८२
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा... बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह बिहीबार, माघ २२, २०८२
सेयर बजार २७ अंकले बढ्यो बिहीबार, माघ २२, २०८२
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल बिहीबार, माघ २२, २०८२
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’ बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्