काठमाडौं- सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्।
मंगलबार समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने कुरामा जोड दिएका छन्। ‘स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ,’ उनले भने, ‘संविधानमा जे व्यवस्था छ। त्यसै अनुसार हुन्छ।’
संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। एमालेलगायत दलहरुले पनि वैशाखमै गर्नुपर्ने अडान राखेका छन्। तर सत्ता गठबन्धनका दलहरुले फरकफरक धारणा राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।