• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैशाखमा स्थानीय निर्वाचन : संविधान मिच्ने हतारो!

64x64
दुर्गा दुलाल बिहीबार, पुस १५, २०७८  १६:११
1140x725
तस्बिर: निर्वाचन आयोग

काठमाडौं– सरकार र निर्वाचन आयोग स्थानीय तहको निर्वाचन तयारीमा लागेका छन्। गएको पुस ९ मा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले २०६९ वैशाख १४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको छ। एक चरणमै गराउन असंभव भए वैशाख १४ र २२ गते गर्न सकिने गरी मिति प्रस्ताव गरेको आयोगले जनाएको छ।

आगामी ५ जेठमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने हुँदा त्यसअघि निर्वाचन गर्नुपर्ने आयोगको तर्क छ। कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्न सकिने स्थानीय तह निर्वाचनसम्बन्धी ऐन २०७३ ले व्यवस्था गरेअनुसार वैशाखमा नै निर्वाचन गर्न छलफल अघि बढाएको आयोगले जनाएको छ। तर, वैशाखमा एकै चरणमा निर्वाचन गर्दा संविधान उल्लंघन हुने संवैधानिक कानुनका जानकारहरूले बताएका छन्।

के छ संविधानमा व्यवस्था?
नेपालको संविधान २०७२ को धारा २१५, २१६ र २२५ मा निर्वाचनसम्बन्धी व्यवस्था छ। संविधानको धारा २१५ मा गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षसम्बन्धी तथा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुखसम्बन्धी व्यवस्था छ। त्यस्तै, संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकालसम्बन्धी व्यवस्था छ। ‘गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ’ धारा २२५ मा भनिएको छ, ‘त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ।’ 

संविधानले निर्वाचन भएको मितिले स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने स्पष्ट व्यवस्था गरेको छ। त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने हुन्छ। यसरी हेर्दा तीनै चरणमा निर्वाचन सम्पन्न भएको अवधिको ६ महिनाभित्र स्थानीय निकायमा जनप्रतिनिधि आउनुपर्ने हुन्छ।

संविधानको व्यवस्थाअनुसार पाँच वर्षको कार्यकाल पूर्णरूपमा चलाउन दिनुपर्ने भएकाले वैशाखमा निर्वाचन गर्नु असंवैधानिक हुने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन्। २०७४ सालमा पहिलो चरणमा निर्वाचन भएका क्षेत्रमा संवैधानिक भए पनि दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका ठाउँमा पनि वैशाखमा नै निर्वाचन गर्न नसकिने उनको भनाइ छ।  संविधानले पाँच वर्षको कार्यकाल पूरा समय चलाउन पाउने परिकल्पना गरेकाले त्यसअघि नै प्रतिनिधि चयन गर्नु असंवैधानिक हुने उनको तर्क छ।

तर, अर्का संवैधानिक कानुनका जानकार एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारीले वैशाखमै निर्वाचन गर्दा असंवैधानिक नहुने बताए। ‘निर्वाचन भएपछि नयाँ म्यान्डेडसहित पदाधिकारी आउँछन्। एक दुई महिनाको हिसाब मिलाउनुपर्ने भन्ने हुँदैन,’ अधिकारीले भने, ‘पहिल्यै निर्वाचनबाट प्रतिनिधि आउँछन् र पुरानोको कार्यकाल सकिएपछि नयाँले जिम्मेवारी लिन्छन्। त्यो चुनावले मान्यता पाउँछ।’ 

जनप्रतिनिधि  रहँदा रहँदै निर्वाचन हुनु राम्रो हुने उनको भनाइ छ। ‘यसरी पहिल्यै निर्वाचन गरेर तल्लो तहमा नयाँ सरकार आउँदा पुरानोले स्वागत गर्ने र नयाँले बिदाइ गर्ने अवसर पाउँछन्। पाँच वर्षलाई महिना र दिनमा हिसाब गर्नु पर्दैन,’ उनले भने। 

संवैधानिक कानुनका अर्का विज्ञ भीमार्जुन आचार्यले कुनै तहका पदाधिकारीको कार्यकाल एक दुई महिना बाँकी रहँदा केही फरक नपर्ने बताए। संविधानले पाँच वर्षको कार्यकाल हुने परिकल्पना गरेको र दोस्रो वा तेस्रो चरणमा भएका निर्वाचनले बाधा नपर्ने उनको भनाइ छ। वैशाखमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

एकै चरणमा निर्वाचन हुदाँ पहिलो पटक भएको निर्वाचनको पाँच वर्ष नसकिँदै नयाँ जनप्रतिनिधिहरु आउने हुँदा स्थानीय सरकार शून्यतातिर नजाने उनी बताउँछन्। त्यही विषयलाई ध्यानमा राखेर संसदले स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनुभन्दा दुई महिना पहिला नै निर्वाचन गर्ने व्यवस्था राखेको उनले बताए। 

स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, २०७३ को दफा ३ मा म्याद सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नु पर्ने व्यवस्था छ। तर, वरिष्ठ अधिवक्ता ज्ञवालीले यो व्यवस्था संविधानसँग बाझिने दाबी गरे। संविधानले पाँच वर्ष कार्यकाल तोकेकाले दुई महिनाअघि नै निर्वाचन गर्न नमिल्ने उनको भनाइ छ। संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन हुनुपर्ने उनले बताए।

४ महिना १८ दिनअघि नै कार्यकाल समाप्त!
निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन गर्दा तेस्रो चरणमा निर्वाचन भएका पालिकाका जनप्रतिनिधिहरूको कार्यकाल चार महिना १८ दिनअघि नै समाप्त हुन्छ। २०७४ सालमा पहिलो चरणको निर्वाचन वैशाख ३१ गते भएको थियो। यो निर्वाचनबाट निर्वाचित भएकाहरूको कार्यकाल आगामी वैशाख ३० मा सकिन्छ।

तर, दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको निर्वाचन असोज २ गते भएको थियो। वैशाखमै निर्वाचन भए दोस्रो चरणमा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि दुई महिनाअघि र तेस्रो चरणमा निर्वाचित भएकाको साढे चार महिनाअघि नै सकिन्छ। जबकि, संविधानबमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन हुनुपर्छ।

समयावधिअघि नै निर्वाचन गर्दा सार्वर्भामसत्ता र संविधानको उल्लंघन हुने वरिष्ठ अधिवक्ता ज्ञवालीको भनाइ छ। ‘जनताले दिएको जनादेश सरकारले काट्न सक्दैन। यसो भयो भने जनताको सार्वभौमसत्ता निर्वाचन आयोग र सरकारमा हस्तान्तरण हुन पुग्छ’ उनले भने, ‘संविधानको पालना गराउने हो र जनताको सही जनादेश लिने हो भने एकै चरणमा हुने गरी एकैदिन २०७९ साल असोज ३ देखी कात्तिक ३० गतेसम्ममा स्थानीय तहको निर्वाचन गरिनुपर्छ।’ 

निर्वाचनका लागि किन हतारियो आयोग?
निर्वाचन आयोगका पदाधिकारीले स्थानीय निर्वाचन सम्बन्धमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँड, संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलगायतको उपस्थितिमा छलफल गरेको थियो। छलफलमा निर्वाचन आयोगबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको उपस्थिति थियो। 

आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी २०७८ मंसिर १७ देखि मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन गरिरहेको जानकारी गराएको थियो। स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम २०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुने हुँदा संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको पनि आयोगले  जानकारी दिएको थियो।

कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालन सम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन हुनुपर्ने आयोगका पदाधिकारीको भनाइ थियो। निर्वाचनको लागि बढीमा १२० दिन आवश्यक पर्ने र कम्तीमा १०० दिन निर्वाचन अवधि रहने गरी मिति तोक्न सकिने पनि आयोगले जनाएको छ।

नेपाल लाइभसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग निर्वाचनका लागि हतारिएको भन्न नमिल्ने बताए। ‘आयोग संवैधानिक र कानुनी व्यवस्थाअनुसार अघि बढेको हो। जुनसुकै चरणमा गरे पनि स्थानीय तहमा जनप्रतिनिधि रिक्त हुनु हुँदैन,’ उनले भने, ‘कानुनले दुई महिनाअघि निर्वाचनमा जाने कल्पना यसकै लागि गरेको हो। जनप्रतिनिधि नहुँदा शून्यताको परिकल्पना संविधानमा पनि छैन। त्यसैले जेठ ५ गते कार्यकाल सकिनुअघि नै जनप्रतिनिधि कुर्सीमा आइपुग्नुपर्छ।’

पहिला प्रतिनिधि सभा कि स्थानीय निर्वाचन?
आयोगले स्थानीय निर्वाचनबारेमा छलफल शुरु गरेपछि राजनीतिक दलहरुले पनि आन्तरिक छलफल र तयारी शुरु गरेका छन्। नेताहरूले निर्वाचन केन्द्रित अभिव्यक्ति दिन थालेका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेको गठबन्धन निर्वाचनसम्मै लान चाहेको भन्दै सत्तापक्षका अन्य दलहरूलाई हौस्याएका छन्। तर, उनकै पार्टीका उपसभापति धनराज गुरुङले नेपाल लाइभसँग कुरागर्दै नेपाली कांग्रेस कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरेका छन्। 

अहिले खासगरी प्रमुख दुई पार्टी कांग्रेस र एमालेभित्र स्थानीय निर्वाचन पहिला गर्ने कि प्रतिनिधि सभा वा तीनै तहको एकै पटक भन्ने बहस शुरु भएको छ। एमाले पहिले स्थानीय तहको निर्वाचन गराउने पक्षमा छ। तल्लो तहसम्म संगठन रहेको र स्थानीय तहमा राम्रो उपस्थिति रहेका कारण एमाले पहिला तल्लो तहको निर्वाचन गराउन चाहन्छ।

कांग्रेसल भने अहिले एमाले विभाजन भएको र यसअघि जस्तो कम्युनिष्ट पार्टीहरूबीच एकताको संभावना पनि नभएको अवस्थामा पहिला प्रतिनिधि सभा वा तीनै तहको निर्वाचन एकै पटक गराउने दबाबमा छ। महाधिवेशनवाट महामन्त्री, उपसभापति लगायतका पदमा युवाहरु निर्वाचित भएपछि कार्यकर्तामा देखिएको उत्साह मर्न दिनु नहुने नेताहरू बताउँछन्।

तर, निर्वाचन आयोगले भने पहिला स्थानीय निर्वाचनको तयारी थालेको छ। जुनसुकै तहको निर्वाचन पहिला गरे पनि आगामी २०७९ सालभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्