• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको आशंका पैदा भएको छ: प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  २०:२३
1140x725

निर्वाचन आयोगले आउँदो वैशाखभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई मिति (एकैचरणमा गर्ने भए वैशाख १४, दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते) सिफारिस गरिसकेको छ। केही दिनअघि राजनीतिक दलहरुसँगको छलफलमा पनि निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति घोषणा नगरे वैशाखमा निर्वाचन गर्न ढिलाइ हुने बताएको थियो। तर, सरकारका तर्फबाट अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन नै नगर्ने मनसाय बनाएको हो कि भन्ने आशंका पैदा भएको बताइरहेको छ। यही विषयमा केन्द्रित रहेर एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग नेपाल लाइभका बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेको छ। तर, सरकारले निर्णय गरेको छैन। एमालेले यसलाई कसरी लिएको छ?
स्थानीय तहको चुनाव निर्धारित समयमा हुनुपर्छ। किनभने प्रचलित ऐन र नेपालको संविधान दुवैले स्थानीय तहको रिक्तताको परिकल्पना गर्दैन। त्यसो हुनाले आउने जेठभित्र नै स्थानीय तहको निर्वाचन गर्नु अपरिहार्य छ। त्यो संवैधानिक र कानुनी बाध्यता हो। तर, निर्वाचन आयोगले वैशाख दोस्रो र तेस्रो साताका लागि दुईवटा मिति प्रस्ताव गरेको एक महिना बितिसक्दा पनि सरकारले यस विषयमा कुनै निर्णय नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको हो कि भन्ने आशंका पैदा भएको छ।

त्यो हुनु भनेको नेपालको संविधानको मर्मविपरीत हुन जान्छ। र, जनताले स्थानीय तहमा जुन लोकतन्त्रको अभ्यास गर्दै आएका छन्, जुन सेवा जनप्रतिनिधिहरुमार्फत् प्राप्त गरिरहेका छन्, जनतालाई त्यो अधिकारबाट वञ्चित गर्ने कुरा हुन्छ। यो नेकपा एमालेका निम्ति कुनै पनि हालतमा मान्य र स्वीकार्य हुँदैन। 

सरकारले स्थानीय तहको निर्वाचन गर्दैन कि भन्ने यहाँहरूलाई किन आशंका हो?
पहिलो त, निर्वाचन आयोगले निर्वाचन तयारीका लागि न्यूनतम १२० दिन चाहिन्छ भनेको छ। ढिलोमा पनि जेठमा चुनाव गर्नका लागि माघको पहिलो सातासम्म चुनावको मिति घोषणा गरिनुपर्छ भनेर भनेको यति लामो भइसक्दा पनि सरकार अनिर्णित छ।

दोस्रो, सरकारमा रहेका विभिन्न घटकहरुको कुरा सुन्दा उनीहरु वैशाख अथवा जेठमा स्थानीय तहको निर्वाचन नगर्ने र जनप्रतिनिधिविहीन अवस्था सिर्जना गरेर कर्मचारीहरुमार्फत् साधन स्रोतको दुरुपयोग गर्ने मनसायमा छन् कि भन्ने आशंका पैदा भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो, कहिलेकाहीँ उहाँहरुले तीनवटै तहको निर्वाचन एकैचोटी गर्ने भनेर कुरा गरेको पनि हामी सुन्छौं। जुन न व्यावहारिक, न कानुनी हिसाबले नै सम्भव छ। त्यो मतदाताहरुलाई गुमराहमा राख्ने कुरा हुन्छ। यी विभिन्न बहाना बनाइरहेको अवस्था छ। आशंकाको सबैभन्दा मुख्य कारण भनेको त निर्वाचन आयोगले मिति प्रस्तावित गरिसक्दा पनि सरकारले निर्णय नगर्नु र गठबन्धनका नेताहरुका विभिन्न खालका अभिव्यक्तिहरु आउनु नै हो।

आयोगले जेठ ६ उता स्थानीय तह रिक्त राख्न संवैधानिक र कानुनी हिसाबले मिल्दैन भनिरहेको छ। सत्ता गठबन्धनका केही नेताहरूले त्यो अन्तिम समय होइन भन्ने कुरा पनि गरिरहेका छन्। कानुनी विषयमा दलहरूमा केही प्रष्टता नभएको हो कि ?
होइन। कानुनले एकदमै स्पष्ट रुपले बोलेको छ। किनभने स्थानीय तह निश्चित कार्य अवधि तोकिएको तह हो। जस्तो; प्रतिनिधि सभा र प्रदेश सभाबीचमा पनि विघटन हुने सम्भावना रहन्छ। सामान्यतया ५ वर्षको भए पनि उनीहरुको कार्यकाल छोटो पनि हुन सक्छ। तर, स्थानीय तह एउटा यस्तो संरचना हो, जसलाई संविधानले नै ५ वर्षको निश्चित समय दिएको छ। त्यसो भएको हुनाले ५ वर्ष पुग्नुभन्दा २ महिना अगावै निर्वाचन गरेर रिक्तता रहन नदिने कुराको परिकल्पना अहिलेको हाम्रो स्थानीय तह सम्बन्धी प्रचलित ऐनले प्रष्ट व्यवस्था गरेको छ। त्यो प्रष्ट व्यवस्थालाई पनि अपव्याख्या गरेर जानु भनेको उहाँहरुको (सत्तागठबन्धन आवद्ध दल र सरकारको) नियतमा गम्भीर शंका पैदा भएको छ।

गठबन्धन अलोकप्रिय छ। जनताबाट मत प्राप्त गर्न सक्ने विश्वास छैन। त्यसो भएको हुनाले जति सकिन्छ यसलाई पर धकेल्ने, निर्वाचनलाई पन्छाउन खोज्ने मनसाय हो भन्ने कुरा त प्रष्ट नै छ। सत्तामा रहेका अरु दलहरुको बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर, नेपाली कांग्रेस; जसले आफूलाई लोकतन्त्रको एउटा पहरेदार भन्छ, उसले नै नेतृत्व गरिरहेको बेलामा चाहिँ संविधानले प्रष्ट रुपले तोकेको निर्वाचनको दायित्वबाट सरकार पन्छिनु भनेको नेपाली कांग्रेसको नियतमाथि पनि एउटा गम्भीर प्रश्न उठ्ने कुरा हो। यसर्थ, निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो थप जोड छ। कुनै पनि हालतमा यसलाई पर धकेल्नु हुँदैन।

यस विषयमा सरकारले तपाइँहरूसँग (एमालेसँग) संवाद गरेको छ?
यस विषयमा सरकारले कुनै कुराकानी गरेको छैन। केही दिन अघि प्रधानमन्त्रीले हाम्रो पार्टीका अध्यक्षसँग कुराकानी गर्दा केही विषय उठेका छन्। तर, सरकारले औपचारिक रुपमा स्थानीय तहको नै अजेन्डा बनाएर प्रमुख प्रतिपक्षी दलसँग कुनै संवाद गरेको छैन। 

केही दलले कानुन संशोधनको विषय पनि उठाइरहेका छन्। यो अहिले आवश्यक हो कि होइन?
अहिले त्यो जरुरत छैन। जुन कानुनको मातहतमा रहेर २०७४ सालको स्थानीय तहको निर्वाचन गर्‍यो, त्यही कानुन अन्तर्गत निर्वाचन गर्नुपर्छ। गर्न सकिन्छ। कुनै कानुनी अड्चन छैन।

सत्ता गठबन्धन दलहरूले एमालेले गरिरहेको संसद् अवरोध अन्त्य नभइ चुनावको प्रक्रिया अघि बढ्दैन भनिरहेका छन् नि? के भन्नुहुन्छ?
संसद् र स्थानीय तहको निर्वाचनसँग के सम्बन्ध छ र? संसद् बेग्लै क्षेत्राधिकारको हो। चुनाव अर्को हो। उहाँहरूको यसखालको कुरा भनेको निर्वाचनलाई पर धकल्ने बहानाबाजी मात्रै हो।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्