• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

न्यायाधीशविरुद्धका उजुरी र छानबिनको निष्कर्ष किन ‘गोप्य’?

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  ००:२५
1140x725

काठमाडौं– असार ७ मा बसेको न्याय परिषद्को बैठकले रिक्त जिल्ला न्यायाधीशहरुमा १४ जनाको नाम सिफारिस गर्‍यो। उक्त सिफारिसका लागि बसेको परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीश विरुद्ध परेका २३ उजुरीलाई तामेलीमा राख्ने दोस्रो निर्णय गर्‍यो। तेस्रो निर्णय थियो, केही गम्भीर उजुरीहरुमाथि थप अनुसन्धानका लागि अध्ययन गर्ने। न्यायाधीश सिफारिस भएको निर्णय असार ८ मा न्याय परिषद्ले सार्वजनिक गरे पनि उजुरीमाथि थप अनुसन्धान गर्ने निर्णय भने लुकायो। 

न्यायाधीश सार्वजनिक महत्वको पदमा रहेको व्यक्ति भए पनि उनीहरुको विषयमा भएका निर्णय सार्वजनिक गर्न नमिल्ने तर्क गर्दै परिषदले उक्त निर्णय हालसम्म ‘गोप्य’ नै राखेको छ। असार ७ को यो निर्णय गोप्य राखिनु एउटा उदाहारण मात्र हो। परिषद्ले विगतदेखि यही अभ्यास गर्दै आएको छ। परिषद्को उक्त प्रकृतिको निर्णय सार्वजनिक नहुने विषयमा भने पूर्वन्यायाधीश र न्याय परिषद्का सदस्यहरुबीच फरक मत छ।

परिषद्का पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने न्यायाधीश विरुद्ध दर्ता हुने उजुरी ‘गोप्य’ नै हुने भएकाले त्यसको जानकारी गराउन जरुरी नहुने तर्क गर्छन्। न्यायाधीश भनेको जनताले भर गरेको व्यक्ति भएकाले सामान्य उजुरीहरु तामेलीमा राख्दा सार्वजनिक गर्नु आवश्यक नहुने उनको भनाइ छ। 

‘मुद्दा जित्ने पक्ष खुसी भए पनि, हार्ने पक्ष असन्तुष्ट हुने भएकाले उजुरी दर्ता गर्ने हाम्रो परम्परा छ, यसलाई सार्वजनिक गर्न हुँदैन,’ न्यौपानेले भने, ‘न्यायाधीशमाथि यस्ता उजुरी अनुसन्धानकै क्रममा हुने भएकाले पनि सार्वजनिक हुनु आवश्यक छैन।’ 

उनी न्यायाधीशहरुमाथिको उजुरी संवेदनशील भएकाले सार्वजनिक नगरिएको बताउँछन्। केही घटनामा कारबाहीबाट उन्मुक्ति दिन यस्ता उजुरी सार्वजनिक नगर्ने काम भएको हुनसक्ने तर समग्रतामा यसमा जोड्न नहुने उनको तर्क छ। 

विगतमा परिषद्बाट केही न्यायाधीश कारबाहीमा परेका उदाहारण रहेको भन्दै न्यौपाने कारबाही नै नहुने अभ्यास छ भन्न नमिल्ने बताउँछन्। 
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको भने यसमा फरक राय छ। 

न्यायाधीशमाथिको उजुरीको अनुसन्धान समाप्त भएपछि सार्वजनिक हुनुपर्ने केसीको तर्क छ। न्यायाधीशले गल्ती गरेमा कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएकाले नै परिषद् गठन भएको बताउँदै उनले न्यायाधीशमाथिका उजुरीको अनुसन्धान पूरा भएपछि त्यसको जानकारी जनतालाई गराउनुपर्नेमा जोड दिए। 

‘पारदर्शी राज्य व्यवस्थामा न्याय परिषद् पनि खुल्ला हुनुपर्ने भएकाले कारबाहीको टुंगो लागेलगत्तै यसलाई सार्वजनिक गर्नुपर्ने हुन्छ,’ केसीले भने, ‘तर यहाँ यस्तो अभ्यास नै सुरु भएन। सार्वजनिक गर्ने भन्दा लुकाउनेतिर जिम्मेवार पदाधिकारीहरु लाग्ने गरेका छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सूचना सार्वजनिक गर्नुभन्दा लुकाउनतिर लाग्नुको कारण भनेकै कारबाही नहोस् भन्ने मनसाय भएको उनको बुझाइ छ। 

‘तामेलीमा राख्नुपर्ने कारण र राखिएको तथ्य सार्वजनिक विज्ञप्ति जारी गरी जनतालाई सूचना दिनुपथ्र्यो,’ केसीले भने, ‘तर, यो व्यवस्था कहिल्यै बसेन र अब पनि बस्ने देखिँदैन।’ 

न्यायाधीश विरुद्ध परेका उजुरी संवेदशील भए पनि सार्वजनिक गर्न नहुने परम्परा भनेको अपारदर्शी नै रहिरहने अभ्यास भएको उनी बताउँछन्। 

‘कतिपय पक्षले आवेशमा आएर उजुरी गर्ने भएकाले त्यसलाई परिषद्ले अध्ययन गर्ने व्यवस्था राखिएको हो,’ पूर्व न्यायाधीश केसी भन्छन्, ‘अनुसन्धानको चरणमा गोप्य राख्नुपर्ने भए पनि त्यसको किनारा लाग्दा समेत सोही तर्क गर्नु सूचना पाउने हक विरुद्ध छ।’ 

यो पनि पढ्नोस्- न्यायाधीशमाथि गम्भीर उजुरी दर्ता हुन्छ, कारबाही हुँदैन

न्याय परिषदका सचिव नृपध्वज निरौलाले पनि सबै सूचना परिषद्को गोप्य नहुने बताए। तर, विगतको अभ्यास र परम्पराका कारण समस्या भइरहेको उनको बुझाइ छ। ‘विगतदेखि न्याय परिषद् भनेको न्यायाधीशका काम कारबाही गोप्य राख्ने संस्था हो भन्ने अभ्यास भएको रहेछ,’ सचिव निरौलाले भने, ‘यसलाई परिर्वतन गर्न समय लाग्ने भएकाले न्यायाधीशहरुको उजुरी र छानबिन गोप्य रहेको हो।’ 

तर, न्यायाधीशको उजुरी अनुसन्धानको चरणमा भने गोप्य दस्तावेज नै भएको उनी बताउँछन्। 

निरौलाले अनुसन्धान समाप्त भएपछि त्यसलाई सार्वजनिक गर्ने विषयमा कसैले माग गरेमा दिने गरिएको बताए। भने, ‘कसैले नमागेमा परिषद् आफैंले वार्षिक बुलेटिनमा यसलाई प्रकाशन गरी जानकारी गराउने गरेको छ।’

केही न्यायाधीश परिषद्बाट कारबाहीमा परेको इतिहास रहेको दाबी गर्दै उनले सचेत गराउने, बढुवा रोक्का र सरुवा गर्नेजस्ता कारबाही भएको जनाए। ‘तर, उक्त कुरा सार्वजनिक गर्ने कि नगर्ने भन्नेबारे दुईथरि मत छ,’ निरौला भन्छन्, ‘सामान्य गल्तीमा भएको कारबाहीमै सार्वजनिक सूचना जारी गर्दा न्यायाधीशलाई जनताले गर्ने विश्वासमा आँच आई न्यायपालिकामाथि प्रश्न उठ्ने भएकाले यस्ता विषय गोप्य राखिएको हो।’

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  ००:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्