complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’?

64x64
नेपाल लाइभ मंगलबार, असोज ६, २०८३  २१:४१
1140x725

काठमाडौं– मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका उडेका छन्। मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुअघि उनलाई कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीकै कार्यकक्षमा पुगेर बिदाइ गरे।

बिदाइको औपचारिकताबीच वाग्लेले प्रधानमन्त्री शाहलाई एउटा पुस्तक पनि दिए–पल केनेडीको चर्चित कृति ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’।

सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्लेले रोजेको पुस्तकलाई सँगै राखेर हेर्दा एउटा रोचक संयोग देखिन्छ।

शाह जाँदैछन् त्यही मञ्चमा, जहाँ विश्वका शक्तिशाली राष्ट्रका प्रमुख र सरकार प्रमुखहरू भेला हुँदैछन्। त्यही बेला उनको हातमा पुगेको पुस्तकले भने विगत पाँच सय वर्षमा विश्व शक्तिको उदय, विस्तार, प्रतिस्पर्धा र पतनको कथा खोतल्छ।

शक्ति भनेको सेना मात्रै होइन
सन् १९८७ मा प्रकाशित केनेडीको पुस्तकको मूल विषय नै आर्थिक शक्ति र सैन्य शक्तिबीचको सम्बन्धले राष्ट्रको उदय र पतनमा पार्ने प्रभाव हो। पुस्तकले करिब १५०० देखि २००० सम्मका प्रमुख शक्तिहरूको इतिहासलाई हेर्दै आर्थिक आधार कमजोर हुँदै जाँदा ठूलो सैन्य तथा भूराजनीतिक दायित्व धान्न कठिन हुने तर्क अघि सार्छ।

केनेडीले स्पेन, फ्रान्स, बेलायत, जर्मनीलगायत विभिन्न शक्तिको ऐतिहासिक यात्रामार्फत एउटा प्रश्न उठाउँछन्: कुनै देश शक्तिशाली कसरी बन्छ र त्यो शक्ति लामो समयसम्म टिकाइराख्न के चाहिन्छ?

उनको विश्लेषणमा आर्थिक उत्पादन, स्रोत, औद्योगिक क्षमता र राज्यको वित्तीय आधारजस्ता विषय सैन्य तथा राजनीतिक शक्तिका आधार हुन्। आर्थिक क्षमताभन्दा बाहिर गएर सैन्य तथा रणनीतिक दायित्व बढाउँदै जाँदा ‘इम्पेरियल ओभरस्ट्रेच’ अर्थात् क्षमताभन्दा बढी भार बोक्ने अवस्था आउन सक्ने उनको तर्क छ।

न्युयोर्क जाने प्रधानमन्त्रीका लागि पुस्तकको सन्दर्भ
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणको मुख्य गन्तव्य संयुक्त राष्ट्रसंघको महासभा हो। त्यहाँ उनले विश्वका ठूला तथा प्रभावशाली राष्ट्रका नेताहरूसँगै एउटै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यही समयमा वाग्लेले दिएको पुस्तकमा भने विश्व शक्ति कसरी निर्माण हुन्छ, कसरी विस्तार हुन्छ र समयसँगै कसरी कमजोर हुन सक्छ भन्ने ऐतिहासिक विश्लेषण छ।

त्यसैले वाग्लेले कुन विशेष सन्देश दिन खोजेर पुस्तक दिएका हुन् भन्ने आधिकारिक रूपमा खुलेको छैन। तर पुस्तकको विषयवस्तु र प्रधानमन्त्रीको भ्रमणको सन्दर्भ जोड्दा यसको छनोट आफैंमा अर्थपूर्ण देखिन्छ।

विशेषगरी नेपालजस्तो सीमित आर्थिक र सैन्य क्षमता भएको मुलुकका लागि ठूलो शक्तिराष्ट्रबीचको प्रतिस्पर्धा, आर्थिक सामर्थ्य र अन्तर्राष्ट्रिय प्रभावबीचको सम्बन्ध बुझ्नु झन् महत्त्वपूर्ण हुन्छ। महासभामा सहभागी हुँदै गर्दा प्रधानमन्त्रीका लागि यो पुस्तक विश्व राजनीतिलाई ‘शक्तिको आँखाबाट’ हेर्ने एउटा ऐतिहासिक पृष्ठभूमि बन्न सक्छ।

आजका शक्तिराष्ट्र र केनेडीको पुरानो प्रश्न
केनेडीको पुस्तक शीतयुद्धको समयमा लेखिएको भए पनि त्यसमा उठाइएका आर्थिक शक्ति, सैन्य क्षमता र दीर्घकालीन राष्ट्रिय सामर्थ्यका प्रश्न अहिले पनि अन्तर्राष्ट्रिय सम्बन्धको बहसमा उद्धृत हुँदै आएका छन्। अक्सफोर्ड विश्वविद्यालयको पुस्तक परिचयले समेत अमेरिकी आर्थिक लगानी र रक्षा खर्चबीचको सन्तुलनसम्बन्धी केनेडीको तर्कलाई पुस्तकको चर्चित पक्षका रूपमा उल्लेख गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आजको विश्व भने पुस्तक लेखिएको समयभन्दा निकै फरक छ। अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा, रुस–युक्रेन युद्ध, प्रविधिको दौड, कृत्रिम बौद्धिकताको विस्तार र बदलिँदो विश्व अर्थतन्त्रले शक्तिको परिभाषा थप जटिल बनाएका छन्।

यही परिवेशमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदैछन्। महासभामा विश्व व्यवस्था, युद्ध, शान्ति, जलवायु परिवर्तन, विकास र अन्तर्राष्ट्रिय संस्थाको भूमिकाबारे बहस भइरहेका बेला उनको यात्राको ‘पठन सामग्री’ भने पाँच सय वर्षको शक्ति संघर्षको इतिहास समेटिएको पुस्तक बनेको छ।

अर्थमन्त्रीको जिम्मेवारीमा वाग्ले, प्रधानमन्त्रीको हातमा शक्ति–इतिहास
प्रधानमन्त्री अमेरिका गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्रीसँग रहेको रक्षा मन्त्रालयको कार्यभारसमेत वाग्लेले सम्हाल्नेछन्।

परराष्ट्रमन्त्री शिशिर खनाल पनि महासभाका लागि अमेरिका पुगिसकेकाले उनको मन्त्रालयको कार्यभारसमेत वाग्लेकै जिम्मामा छ।

अर्थमन्त्रीका रूपमा राज्यको आर्थिक शक्ति र स्रोत व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका वाग्लेले प्रधानमन्त्रीलाई दिएको पुस्तकको मुख्य बहस पनि आर्थिक शक्ति र राष्ट्रिय सामर्थ्यकै वरिपरि छ।

त्यसैले यो बिदाइको दृश्यलाई एउटा साधारण औपचारिकताका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन । प्रधानमन्त्रीको हातमा पुगेको पुस्तकले एउटा गम्भीर प्रश्न भने छाडेको छ—विश्व मञ्चमा प्रभाव बढाउन चाहने राष्ट्रका लागि वास्तविक शक्ति कहाँबाट आउँछ?

केनेडीको उत्तरमा अर्थतन्त्र, उत्पादन क्षमता, स्रोत र सैन्य शक्तिबीचको सन्तुलन महत्त्वपूर्ण छ। प्रधानमन्त्री शाहले महासभाको मञ्चमा नेपालका तर्फबाट आफ्नो धारणा राख्दै गर्दा यही विश्व शक्ति संरचनाको बदलिँदो तस्वीरलाई कति नजिकबाट बुझेर प्रस्तुत गर्छन्, त्यो भने उनको सम्बोधन र आगामी कूटनीतिक गतिविधिले देखाउनेछ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्