काठमाडौं– सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्।
उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभ एक्सटर्सन (गठी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।