• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

न्यायाधीशमाथि गम्भीर उजुरी दर्ता हुन्छ, कारबाही हुँदैन

64x64
नेपाल लाइभ शुक्रबार, असार १, २०७५  ०६:१७
1140x725

काठमाडौं– दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले बाग्लुङकी नीरमाया पुनले चिन्दै नचिनेको एक व्यक्तिलाई उनको लोग्ने भन्दै ठहर गरेर फैसला सुनाए। जीवनमा कहिल्यै पनि नदेखेका व्यक्तिलाई अदालतले लोग्ने कायम गरिदिएपछि उनी उजुरी लिएर काठमाडौं आइपुगिन्। 

बाग्लुङबाट काठमाडौं आएर न्याय परिषदमा उजुरी गरेपछि छानबिन होला भन्ने उनले गरेको आस निरासामा परिणत भयो। परिषदले जिल्ला अदालतका न्यायाधीश खड्कामाथि छानबिन गर्नुको साटो बाग्लुङबाट सुगम स्थान काठमाडौं जिल्ला अदालतमा सरुवा गर्‍यो। 

परिषदको उक्त निर्णयपछि नीरमाया जिल्ला अदालतको फैसला विरुद्ध सञ्चारमाध्यममा पुगिन्। सार्वजनिक रुपमा खड्काको आलोचना भएपछि सर्वोच्च अदालतले उनलाई जिल्ला अदालतबाट काजमा झिकाई न्याय परिषदमा हाजिर गराएर राखेको छ। तर, न्याय परिषदले उनलाई छानबिन गर्ने समिति हालसम्म गठन गरेको छैन। न्यायाधीशको गलत फैसलाका कारण नीरमाया र बालबच्चाको बिचल्ली भएको छ।

आर्थिक लाभ लिएर फैसला गर्दा पनि उन्मुक्ति

पटक–पटक आर्थिक लाभ लिएर फैसला गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा रहेका जिल्ला न्यायाधीश खिलानाथ रेग्मीमाथि २०७१ चैतमा कारबाही गर्न सर्वोच्च अदालतका तत्कालीन वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा समिति गठन भयो। उक्त समितिले परिषदमा आफ्नो प्रतिवेदन समेत बुझायो। प्रतिवेदनमा रेग्मीले फैसला गर्दा आर्थिक लाभ लिएको स्वीकार गरियो। तर, परिषदले उक्त समितिको प्रतिवेदन कार्यान्वयन नै गरेन र रेग्मीलाई पुनः न्यायाधीशको जिम्मेवारी दियो। 

यौन दुर्व्यवहारको आरोप

महोत्तरी जिल्ला अदालतमा कार्यरत रहेका दुई न्यायाधीशले कार्यालय समयमै मदिरा सेवन गरी महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरु अनुसन्धानमा तानिए। न्यायाधीशद्वय पूर्णप्रसाद बास्तोला र प्रकाश ढुंगानालाई छानबिन गर्ने भन्दै २०७२ फागुन ११ गते सर्वोच्चमा काजमा झिकाइयो। तर, त्यसको केही महिनामा पुनः उनीहरुले अर्को अदालतमा न्यायाधीशको जिम्मेवारी पाए। उनीहरुलाई सामान्य सचेत गराएर पुनः जिम्मेवारीमा फर्काइएको थियो।

कारबाही नै हुन्न त ?

Ncell 2
Ncell 2
nimb
nimb

माथि उल्लेख गरिएका लगायत यस्ता धेरै घटना छन्, जसमा न्याय परिषदले उजुरीहरुलाई गम्भीर रुपमा लिने तर न्यायाधीशलाई कारबाही नगरी सधैं उन्मुक्ति दिने गर्दै आएको छ। सकभर छानबिन नै नगर्ने, छानबिन गरी गम्भीर देखिएमा राजीनामा गराएर छाडिदिने परिषदको पुरानै चलन हो।   

उजुरीहरू धेरै परे पनि न्याय परिषद्को इतिहासमा न्यायाधीशमाथि विरलै मात्र छानबिन हुने गरेको छ। छानबिन भए पनि अभियोग पुष्टि कमै मात्रामा हुने गरेका छन्।

परिषद्का अनुसार, न्यायाधीशमाथि हालसम्म ८ सयभन्दा बढी उजुरी परेका छन्। तर, त्यसमध्ये ३१ उजुरीमा मात्रै विस्तृत छानबिन भएको छ। त्यसमध्ये आठ न्यायाधीश कारबाहीमा परेका छन्। न्याय परिषद् ऐन अनुसार, जाँचबुझ समितिको प्रतिवेदनले दोषी ठहर गरेमा न्यायाधीशमाथि हुने अधिकतम कारबाही भनेको पदबाट बर्खास्ती हो। 

छानबिन चलिरहेकै बेलामा न्यायाधीशले राजीनामा गरे परिषद्ले थप अनुसन्धान गर्ने गरेको छैन। हालसम्म यसरी छानबिन चलेपछि आठ न्यायाधीशलाई पदबाट राजीनामा गराउँदै उन्मुक्ति दिइएको छ। परिषद्को छानबिनले १५ न्यायाधीशलाई सचेत गराएको छ। बाँकी सबै उजुरी थन्क्याएर मुल्तबीमा राखिएका छन् वा सफाइ दिइएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा न्याय परिषदमा २ सय २३ वटा उजुरी दर्ता भएको थियो। जिल्ला अदालतका न्यायाधीश विरुद्ध १ सय ७५ र उच्च अदालतका न्यायाधीश विरुद्ध ४८ वटा उजुरी दर्ता भएका थिए। त्यसमध्ये न्याय परिषदले १ सय ६० वटा फस्र्योट गरिसकेको छ भने ६३ वटामा कारबाही बाँकी छ।

राजीनामा दिएर उन्मुक्ति पाउने न्यायाधीशहरु

पूर्व न्यायाधीशहरु परमानन्द झा (पूर्व उपराष्ट्रपति), हरिबहादुर बस्नेत, कृष्णकुमार बर्मा, बलिराम कुमार, राजेन्द्रराज नाख्वा, कोमलनाथ शर्मामाथि न्याय परिषदले विस्तृत छानबिन थालेपछि उनीहरु न्यायाधीश पदबाट राजीनामा दिएर उम्केका थिए। 

अदालतले कारबाहीको आदेश गर्दा पनि उन्मुक्ति  

प्रधानन्यायाधीशका लागि हालै सिफारिस भएका तीनमध्ये दुई जना न्यायाधीश विरुद्ध विगतमा गम्भीर उजुरी परेको थियो। तर, परिषदबाटै उनीहरुले सफाइ पाएका थिए। 

सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ माघ ९ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको फैसलामा हालै प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र शम्शेर राणा लगायत तीन जना न्यायाधीशलाई कारबाही गर्नू भनी टिप्पणी लेखेको थियो। फैसलामा लेखिएको थियो, ‘प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीका लागि न्याय परिषद्लाई लेखिपठाउनू’ भने पनि उनले परिषदबाट सफाइ पाएको भन्दै उच्च अदालतबाट सर्वोच्चमा सिफारिस भए र प्रधानन्यायाधीशको रोलक्रममा पनि आए। राणा विशेष अदालतमा हुँदा उनी संलग्न इजलासले भ्रष्टाचारको अभियोग लागेकालाई सफाइ दिएको आरोप थियो। 

२०६१ सालमा सर्वोच्चका न्यायधीश भैरव लम्साल तथा बलराम केसीको इजलासले लागूऔषध मुद्दाका थुन्नुपर्ने अभियुक्तलाई छाडिदिएको भन्दै त्यतिबेला इलाममा कार्यरत रहेका र हालै प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीमाथि कारबाही गर्न न्याय परिषद्लाई सिफारिस गरेको थियो। 

हाल सर्वाेच्चका न्यायाधीश जगदीश शर्मा पौडेल काठमाडौं जिल्ला अदालतमा कार्यरत हुँदा आफ्नो छोरासँग मुद्दाको सेटिङ मिलाई लागूऔषधका मुद्दामा आर्थिक अपचलन गरेको उजुरी परेपछि अन्यत्र सरुवा गरिएको थियो।

१७ न्यायाधीशमाथि छानबिन जारी

न्याय सम्पादन प्रक्रियालाई लिएर न्याय परिषदमा दर्ता भएका उजुरीका आधारमा १७ जना न्यायाधीशमाथि छानबिन सुरु भएको छ। परिषद्ले ती न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रलाई उजुरी छानबिनको जिम्मा लगाएको छ। सुरुमा परिषद् सदस्य रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकलाई उजुरी छानबिनको जिम्मा लगाइएको थियो। उनीहरूको अध्ययनपछि छानबिनलाई अन्तिम रूप दिन १७ न्यायाधीशको उजुरीको फाइल न्यायाधीश मिश्रलाई जिम्मा लगाइएको हो।

न्यायाधीशको आचरण, आचारसंहिता उल्लंघन, कानुनको गलत व्याख्या, मुद्दामा अनुचित प्रभाव, इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको, सर्वोच्चका नजिरको गलत व्याख्या गरेको उजुरीमाथि परिषदले छानबिन थालेको हो।  

परिषद् स्रोतका अनुसार, सर्वोच्चका न्यायाधीश मिश्रलाई अध्ययनका लागि जिम्मेवारी दिइएको र प्रतिवेदनपछि थप छानबिन हुने परिषदले जनाएको छ। 

बलियो न्याय परिषद्, फितलो कारबाही

न्यायाधीशमाथि अनुसन्धान र कारबाही गर्ने संवैधानिक आधार नेपालको संविधान हो। संविधानको धारा १५३ ले यस्तो अधिकार परिषदलाई दिएको छ। धारा १५३ मा ‘संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद् रहनेछ’ भनिएको छ। संविधानको सोही व्यवस्था अनुसार परिषदले न्याय परिषद् ऐन २०७३ र न्याय परिषद् नियमावली निर्माण गरेको छ। उक्त व्यवस्था अनुसार परिषदले कारबाही गर्न सक्छ। सर्वोच्च अदालतको न्यायाधीशको हकमा महाअभियोग लाग्ने भएकाले परिषद् ऐनमा जिल्ला र उच्च अदालतको न्यायाधीशमाथि कारबाही गर्ने कानुनी व्यवस्था गरिएको हो।

किन हुन्न कडा कारबाही ?

न्याय परिषदका सदस्य, पूर्व न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरु के भन्छन्?
अर्को शृंखलामा।

प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  ०६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्